तिमीहरूले परमेश्वरमा विश्वास गर्ने हुनाले, परमेश्वर जो आशाको मुहान हुनुहुन्छ, उहाँले तिमीहरूलाई आनन्द र शान्तिले पूर्ण गरून्। तब तिमीहरूको आशा पवित्र आत्माको शक्तिद्वारा परिपूर्ण बन्नेछ।
Cross references
तिमी खुशी साथ बाहिर जानेछौ अनि शान्त रहनेछौ। पर्वत र पहाडहरू प्रसन्न भएर नाच्न चाहनेछन्। खेतका सबै रूखहरूले ताली बजाउनेछन्।
हे परमेश्वर! तपाईं इस्राएलको आशा हुनुहुन्छ। संकटको समयमा धेरै चोटी तपाईंले इस्राएललाई बचाउनु भएको छ। तर अहिले यस ठाउँमा तपाईं विदेशी झैं देखिनु हुन्छ। तपाईंलाई रात बिताउने यात्री झैं लाग्छ।
परमप्रभु परनेश्वर सियोनबाट गर्जनु हुनेछ। उहाँ यरूशलेमबाट गर्जनु हुनेछ। आकाश र पृथ्वी थरथर काँप्ने छ, तर परमप्रभु उहाँका मानिसहरुका निम्तिशरणस्थान हुनुहुनेछ। एउटा सुरक्षित स्थान इस्राएलका बासिन्दाका निम्ति हुनुहुनेछ।
येशूले भन्नुभयो, “आफ्ना हृदयलाई दुःखी हुन नदेऊ। परमेश्वरमा भरोसा गर। अनि ममा भरोसा गर।
“म तिमीहरूलाई मेरो शान्ति छोडदछु, यो मेरो आफ्नै शान्ति तिमीहरूलाई दिंदछु। म तिमीहरूलाई शान्ति दिन्छु, यो त्यो शान्ति होइन जुन संसारले दिन्छ। यसकारण तिमीहरूको हृदय विचलित नहोस् अनि कुनै विषयमा पनि नडराऊ।
अनि यही संयमले हामीलाई प्रमाण गर्दछ कि हामी बलिया छौं। अनि यस्तो प्रमाणहरूले हामीलाई आशा प्रदान गर्दछ।
खुशी होऊ किनभने तिमीहरूसँग आशा छ। दुःखमा धैर्य धारण गर। सधैं प्रार्थना गर।
परमेश्वरको राज्यमा खानु र पिउनुको कुनै महत्व छैन। परमेश्वरको राज्यमा महत्वपूर्ण कूरा त यी हुन धार्मिकता, शान्ति र पवित्र आत्मामा आनन्द।
धैर्य र बल परमेश्वरबाट उत्पन्न हुन्छ। अनि म प्रार्थना गर्छु कि परमेश्वरले तिमीहरूलाई ख्रीष्ट येशूको उदाहरण अनुसार तिमी आफैंहरू माझ मेल-मिलापमा राखुन्।
मेरो वचन र प्रचार मानिसहरूलाई फुस्लाउने ज्ञानीका शब्दहरू थिए, तर मेरो शिक्षाको प्रमाण शक्ति थियो जुन आत्मादेखि आउँछ।
अनि परमेश्वरले तिमीलाई प्रशस्त मात्र आशीर्वाद दिनु हुनेछ। तब तिम्रोमा सघैं प्रशस्त रहेनछ अनि प्रत्येक शुभकर्मकोलागि मुक्तहस्तले दान दिन सक्नेछौ।
तर आत्माले प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वस्तता,
हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टबाट सबैलाई अनुग्रह र शान्ति होस।
दाखरस खाएर नमात। त्यसले तिम्रो आत्मिकताको नाश गर्नेछ। आत्माले भरीपूर्ण होऊ।
हामीले तिमीहरूकहाँ सुसमाचार ल्यायौं। तर हामीले शब्द मात्र दिएनौं, त्यो सुसमाचारसित शक्ति पनि दियौं। यो हामीले पवित्र आत्मासितअनि निश्चित बुद्धिद्वारा ल्यायौ जुन सत्य हो। त्यसको साथै, हामी तिमीहरूसित रहँदा कसरी रह्यौं त्यो पनि तिमीहरूले जान्यौ।
हामी प्रार्थना गर्छौ कि हाम्रो प्रभु येशू ख्रीष्ट आफैले र हाम्रा पिता परमेश्वरले तिमीहरू प्रत्येक असल कार्य जे गर्छौ अनि भन्छौ तिमीहरूमा उत्साह अनि शक्ति दिनुहुनेछ।
ख्रीष्ट येशूको प्रेरित पावलबाट प्रणाम। हाम्रा मुक्तिदाता परमेश्वर र हाम्रा आशा ख्रीष्ट येशूको आज्ञाले म प्रेरित हुँ।
तिमीहरू प्रत्येकले आफ्नो जीवनभरि यस्तै प्रयत्न गर्दै जाऊ भन्ने हामी चाहन्छौं। तब तिमीहरूको आशा पूर्ण हुने छ।
तिमीहरुले ख्रीष्टलाई देखेका छैनौ तर पनि तिमीहरु उहाँलाई प्रेम गर्छौ। तिमीहरुले अहिले उहाँलाई देख्न सक्तैनौ तर तिमीहरु उहाँमाथि विश्वास गर्छौ। तिमीहरु अकथनीय अनि गौरवमय आन्नदले परिपूर्ण छौ।