Home Bibles रोमी 14:9 · नेपाली बाइबल
रोमी 14:9 · नेपाली बाइबल

यही कारणले गर्दा ख्रीष्ट मर्नुभयो र मृत्युबाट बाँच्न भयो। ख्रीष्टले त्यसै गर्नुभयो र उहाँ मरेकाहरूको लागि पनि र बाँचेकाहरूको लागि पनि प्रभु हुनसक्नु भयो।

Cross references

यशैया 53:10

परमप्रभुले उसलाई श्राप दिने निर्णय गर्नु भयो। परमप्रभुले ऊ पीडित हुनै पर्छ भनेर निर्णय गर्नुभयो। यसकारण दासले स्वयंलाई मर्नको लागि समर्पण गरे। तर उसले लामो समय सम्म नयाँ जीवन बाँचे। उसले आफ्ना मानिसहरूलाई देख्नेछन्। परमप्रभुले उसबाट चाहे जस्तै उसले ती कुराहरू पूर्णगर्ने छ।

मत्ती 28:18

येशूले तिनीहरूकहाँ आएर भन्नुभयो, “स्वर्ग र पृथ्विका सारा अधिकार मलाई दिइएको छ।

लूका 24:26

ती अगमवक्ताहरूले भनी सकेका थिए कि ख्रीष्टलाई उहाँको महिमा भित्र पस्नु यी सब कुराहरू भोग्नु आवश्यक थियो।”

यूहन्ना 5:22

अनि पिताले कसैको न्याय गर्नु हुन्न। न्याय गर्ने सम्पूर्ण अधिकार पिताले पुत्रलाई सुम्पनु भएको छ।

यूहन्ना 5:27

अनि पिताले आफ्ना पुत्रलाई मानिसहरूलाई न्याय गर्ने अधिकार दिनुभएकोछ। किन? किनभने उहाँ मानिसको पुत्र हुनुहुन्छ ।

प्रेरित 10:36

परमेश्वर यहूदीहरूसंग बोल्नु भएको छ। परमेश्वरले येशू ख्रीष्टको जो सबै मानिसहरूका परमप्रभु हुनुहुन्छ उनको माध्यमद्वारा शान्तिको सुसमाचार उनीहरूका लागि पठाउनु भयो।

प्रेरित 10:42

येशूले हामीलाई प्रचार गर्नु अनि मानिसहरूलाई भन्नुभयो कि उहाँलाई मात्र परमेश्वरले जीउँदो मानिसहरू अनि मृतहरूको पनि न्याय गर्नका निम्ति छान्नु भएको हो।

2 कोरिन्थी 5:14

ख्रीष्टको प्रेमले हामीलाई वशमा राख्दछ। किनभने हामी जान्दछौं हामी सबैको लागि ख्रीष्टले मृत्युलाई सहनु भयो।

एफिसी 1:20

त्यही महा शक्तिद्वारा परमेश्वरले ख्रीष्टलाई मृत्युबाट उठाउनु भएको थियो र स्वर्गमा उहाँले आफ्नो दाहिनेपट्टीराख्नुभएको थियो।

फिलिप्पी 2:9

ख्रीष्टले परमेश्वरको आज्ञा पालन गर्नुभयो यसर्थ परमेश्वरले उहाँलाई उच्च स्थानमा पुर्याउनु भयो। परमेश्वरले ख्रीष्टको नाउँलाई अरू सबै नाउँहरू भन्दा महान बनाउनु भयो।

2 तिमोथी 4:1

परमेश्वर अनि येशू ख्रीष्टको नाउँमा म तिमीलाई आदेश दिदँछु। जीवित अनि मृतहरूको न्याय गर्नु हुने एक मात्र ख्रीष्ट येशू हुनुहुन्छ। उहाँको राज्य छ अनि उहाँ प्रकट हुनुहुँदैछ। त्यसैले म तिमीलाई यो आदेश दिन्छुः

हिब्रू 12:2

हामीले सदा येशूको उदाहरणको पनि अनुसरण गर्नु पर्छ। हाम्रा विश्वासको निम्ति येशू अगुवा हुनुहुन्छ र उहाँले हाम्रा विश्वासलाई पूर्ण गर्नुहुन्छ। उहाँले क्रूसमा मृत्यु अँगाल्नु भयो। परमेश्वरको अघि आनन्दको लागि, उहाँले क्रूसको कष्टलाई झेल्नु भयो। अहिले उहाँ परमेश्वरको सिंहासनको दाहिनेपट्टि बस्नुभएको छ।

1 पत्रुस 1:21

ख्रीष्टद्वारा तिमीहरु परमेश्वरमाथि विश्वास गर्छौ। परमेश्वरले ख्रीष्टलाई मृत्युबाट बौरी उठाए। तब परमेश्वरले उहाँलाई महिमा दिनु भयो। यसर्थ तिमीहरुको विश्वास अनि आशा परमेश्वरमा छ।

1 पत्रुस 4:5

तर ती मानिसहरुले ख्रीष्टलाई लेखा दिनेछन् जो मरेका र जिउँदा मानिसहरुको न्याय गर्न तयार हुनुहुन्छ।

प्रकाश 1:18

म नै एक हुँ जो बाँचेको छु। नडराउ। म नै आदि अनि अन्त हुँ। एक जो जीवीत छु म नै हुँ। म मरेको थिएँ। तर हेर, म सदा-सर्वदाको लागि जीवित छु। अनि मसंग मृत्यु र पातालको साँचोहरु छन्।

प्रकाश 2:8

उनी नै एक हुन् जो मरे अनि फेरि मृत्युबाट जीवनमा फर्की आए।

Interlinear

Choose Theme