प्रकाश 9:19 · नेपाली बाइबल
ती घोडाहरुका शक्ति तिनीहरुको मुख अनि पुच्छरमा थियो। तिनीहरुको पुच्छर सर्प जस्तै थियो जसको टाउकाहरुले मानिसहरुलाई डस्ने अनि घात पुर्याउनको लागि थियो।
Cross references
यशैया 9:15
यहाँ टाउको भन्नाले बूढा-प्रधानहरू एवं प्रमुख अगुवाहरू बुझिन्छ। पुच्छरको तात्पर्य अगमवक्ताहरू जो झूट बोल्दछन्।
एफिसी 4:14
तब हामी नानीहरू जस्तो हुने छैनौ। हामी छालमा जहाजले यता र उता छल्काइएका मानिसहरू जस्ता हुने छैनौं। हामी प्रत्येक नयाँ शिक्षाद्वारा प्रभावित हुने छैनौं जसले हामीलाई धोका दिने प्रयास गर्छ। ती मानिसहरूले चलाकी गर्छन् र मानिसहरूलाई भूल बाटामा तान्न हर प्रकारको चेष्टा गर्छन्।
प्रकाश 9:10
ती सलहहरुको पुच्छर विच्छीका जस्ता खिलहरु भएका थिए। मानिसहरुलाई पाँच महीनाको निम्ति कष्ट दिने शक्ति तिनीहरुको पुच्छरमा थियो।