Home Bibles ☰ Books प्रकाश 5:2 · नेपाली बाइबल
प्रकाश 5:2 · नेपाली बाइबल

अनि मैले एक शक्तिशाली स्वर्गदूतलाई देखें। त्यो स्वर्गदूतले ठूलो स्वरमा भन्यो, “यसको मोहर फुटाएर यो बेह्रिएको चर्मपत्र खोल्नु योग्य को छ?”

Cross references

अय्यूब 41:15

त्यसको ढाड बलियो गरी जोडिएका ढालहरू झैं बलियो छ।

भजनसंग्रह 103:20

हे स्वर्गदूतहरू, परमप्रभुको प्रशंसा गर। तिमीहरू शक्तिशाली सिपाहीहरू हौ जसले उहाँको आज्ञा पालन गर्छन्। तिमीहरू ध्यानपूर्वक उहाँका कुराहरू सुन्छौ अनि आज्ञाहरू पालन गर्छौ।

यशैया 29:11

यी कुरारू घट्ने छन् म तिमीहरूलाई भन्छु, तर तिमीहरूले मलाई बुझ्ने छैनौ। मेरा शब्दहरू त्यस्ता शब्दहरू हुन् जो पुस्तकमा बन्द र मोहर लगाएको छ। तिमीले त्यो पुस्तक त्यस मानिसलाई दिनसक्छौ जसले पढन सक्छ, अनि त्यस मानिसलाई त्यो पुस्तक पढनु भन्। तर त्यस मानिसले भन्नेछ, “म त्यो पुस्तक पढन सक्तिनँ, यो बन्द छ र म खोल्नु सक्तिनँ”

यशैया 41:22

तिमीहरूका झूटा देवताहरू आउनु पर्छ अनि के भइरहेछ बताउनु पर्छ।“आदिमा के भयो? हामीलाई बताऊ। भविष्यमा के हुने हो? हामीलाई बताऊ। हामी एकदम ध्यान दिएर सुन्नेछौ। तब मात्र हामीहरू जान्नेछौ कि अर्को पल्ट के हुने हो।

प्रकाश 5:5

तर अग्रजहरु मध्ये एक जनाले मलाई भने, “नरोऊ! यहूदाका परिवार समूहबाट सिंहले विजय प्राप्त गर्यो। उनी दाऊदका सन्तान हुनुहुन्छ। उहाँ त्यो बेह्रिएको चर्मपत्र अनि त्यसका सातवटा मोहर खोल्ने योग्यको हुनुहुन्छ।”

प्रकाश 10:1

तब, मैले अर्को शक्तिवान स्वर्गदूतलाई स्वर्गबाट ओर्लिरहेको देखे.। त्यो स्वर्गदूतले बादलको पोशाक लगाएको थियो। तिनको शिर इन्द्रेणीले घेरिएको थियो। त्यो स्वर्गदूतको अनुहार सूर्य जस्तो थियो, उसका पाउहरु आगोको स्तम्भहरु जस्ता थिए।

प्रकाश 18:21

त्सपछि एक शक्तिवान स्वर्गदूतले एक विशाल चट्टान टिपे। यो चट्टान जाँतो जत्रै ठूलो थियो। स्वर्गदूतले त्यो चट्टान समुद्रमा हाने अनि भने“महानगर बेबिलोन यसरी नै पयाँकिइने छ अनि फेरि कहिल्यै पाइनेछैन।

Interlinear

Choose Theme