नगरका पर्खाल बाह्रवटा आधारशिलामाथि निर्माण गरिएको थियो। सिलाहरुमा भेंडाको पाठाको बाह्र-प्रेरितहरुको नाउँ लेखिएको थियो।
Cross references
तिमी गरीब शहर! शत्रुहरू तूफान सरह तिमीहरूका विरूद्ध आई लागे। अनि कसैले पनि सान्त्वना दिएनन्। तर म फेरि तिमीलाई निर्माण गर्छु ढुङ्गाहरूका भित्ताहरू सजाएर म सुन्दर ढुङ्गाले तिमीलाई बनाउनेछु। म बहुमूल्य ढुङ्गाहरू प्रयोग गरेर तिम्रो वरिपरिको पर्खालहरू बनाउनेछु।
ती बाह्र प्रेरितहरूको नाउँ यस प्रकार छ शिमोन जसलाई पत्रुस पनि भनिन्छ अनि उसको दाज्यू अन्द्रियास, जब्दीको छोरो याकूब; अनि उसको भाइ यूहन्ना;
यसैले म भन्दछु, तिमी पत्रुस हौ। अनि म मेरो मण्डली यो चट्टानमाथि बनाउनेछु। मेरो मण्डलीलाई हराउन मृत्युको शक्तिहरू समर्थ हुनेछैनन्।
परमेश्वरले दिएका पुरस्कारकै आधारमा मैले एउटा सिपालू बढाइले झैं एउटा घरको जग बसालेको छु। अरूहरूले त्यसै जंगमाथि घर बनाउँदैनन्। तर प्रत्येक व्यक्तिले कसरी बनाउँछ, त्यस बारेमा उसले सोच्नु पर्छ।
याकूब, पत्रुस र यूहन्ना अगुवा जस्ता मानिन्छन्। तिनीहरूले बुझे कि परमेश्वरले मलाई विशेष वरदान दिनु भएकोछ। यसकारण तिनीहरूले बर्णाबास र मलाई स्वीकार गरे। तिनीहरूले भने, “पावल र बर्णाबास, हामी मान्छौं कि तिमीहरू ती मानिसहरूकहाँ जाऊ जो यहूदी होइनन् र हामी चाँहि यहूदीहरू माझ जान्छौं।”
तिमी विश्वासीहरू परमेश्वरका भवन हौ जुन प्रेरितहरू र अगमवक्ताहरूद्वारा जग बसाइएको घडेरीमा बनाइएको छ। ख्रीष्ट स्वयं भवनका जग-ढुङ्गा हुनुहुन्छ।
अघि-अघिका मानिसहरूलाई त्यो गुप्त सत्यता दर्शाइएको थिएन तर अहिले आत्माद्वारा त्यो गुप्त रहस्य उहाँको पवित्र प्रेरितहरू र अगमवक्ताहरूलाई दर्शाइएकोछ।
अनि ख्रीष्ट हुनुहुन्छ जसले मानिसहरूलाई वरदानहरू दिनुभयो जब उहाँले दिनुहुँदै कसैलाई प्रेरितहरु, कसैलाई अगमवक्ताहरु,कसैलाई प्रचारकहरु, कसैलाई मण्डली को गोठाला र कसैलाई शिक्षक बनाउनुभयो।
अब्राहाम एउटा बलियो जग भएको नगरको प्रतीक्षामा थिए, जसलाई बनाउने र सृष्टि गर्ने परमेश्वर नै हुनुहुन्छ।
प्रिय मित्रहरु, हाम्रा प्रभु येशू ख्रीष्टका प्रेरितले के अगमवाणी गरेका छन्, याद गर।
हे स्वर्ग! उसलाई जे भयो, त्यसको निम्ति खुशी होऊ खुशी बन, परमेश्वरका पवित्र मानिसहरु प्रेरितहरु अनि अगमवक्ताहरु। किनभने परमेश्वरले त्यसको व्यवहारको निम्ति दण्ड दिएका छन्।”
त्यो नगरको पर्खालका आधारशिलामा हरेक किसिमका मूल्यवान मोतीहरु थिए। पहिलो आधारशिला बिल्लौर, दोस्रो नीलम,