एक हजार र्बष पूरा नहुञ्जेलसम्म अन्य मानिसहरु फेरि जीवित भएनन्। यो मृत्यु पछि वौरिने प्रथमपल्ट हो।
Cross references
बेंसीमा असंख्य हाडहरू थिए, परमप्रभुले मलाई हाडहरूको चारैतिर घुमाउनु भयो। मैले देखें हाडहरू साह्रै सुकेका थिए।
त्यपछि तिमी धन्य हुनेछौ, किनभने क्षतिपुर्ति गर्न तिनीहरूको केही पनि हुँदैन। तर जब असल मानिस मृत्युबाट बौरी उठ्नेछ त्यसबेला तिमीहरूले इनाम पाउनेछौ।”
परमेश्वर यहूदीहरूसंग रिसाउनु भनेको उहाँ संसारका अन्य मानिसहरूको मित्र बन्नुभयो भनेको हो। त्यसैले कल्पना गर, परमेश्वरले यहूदीहरूलाई पुनः स्वीकार गर्नु भयो भने के होला? त्यसले मृत्युपछि जीवन ल्याउँनेछ।
अनि ममा आशा छ म पनि मृत्युबाट बौरी उठ्नेछु। न्न
तर साँढे तीन दिनपछि परमेश्वरले ती दुई अगमवक्ताहरुमा परमेश्वरबाटको जीवन हाली दिनुभयो। तिनीहरु आफ्ना खुट्टामा उभिए। सबै मानिसहरु जसले तिनीहरुलाई देखे खुबै डराए।
सातौं स्वर्गदूतले आफ्नो तुरही बजाए। तब स्वर्गमा ठूलो आवाजहरु भयो। आवाजहरुले भने,”“संसारको राज्य अब हाम्रा परमप्रभु परमेश्वरको अनि ख्रीष्टको भएको छ। अनि उहाँले सदासर्वदा शासन गर्नेछन्।”
तर त्यो पशुलाई कब्जा गरियो। झूटो अगमवक्तलाई पनि कैद गरियो। यो झूटो अगमवक्ता त्यो थियो जसले त्यो पशुको निम्ति चमत्कारीक संकेतहरु गरेको थियो। झूटो अगमवक्ता त्यो थियो जसले त्यो पशुको लागि चमत्कारिक संकेतहरु गर्थ्यो। असत्य अगमवक्ताले ती मानिसहरुलाई जसमा पशुको चिन्ह लगाइको थियो अनि पशुका मूर्तिलाई पूजा गर्थे, छक्काउन चमत्कारिक कर्महरु गर्थ्यो। त्यो झूटो अगमवक्त अनि पशुलाई गन्धक बल्ने आगोको कुवामा फ्याँकी दिए।
शैतान पृथ्वीका समस्त राष्ट्रहरु गोग अनि मागोगलाई छल गर्न जानेछ। शैतानले लडाँईको निम्ति मानिसहरु भेला गर्नेछ। त्यहाँ ठूल्ठूला भीड लाग्नेछ अनि तिनीहरु समुद्र किनारको बालुवा सरी अनगन्ति हुनेछन्।