Home Bibles ☰ Books प्रकाश 13:17 · नेपाली बाइबल
प्रकाश 13:17 · नेपाली बाइबल

यो चिन्ह भएका मानिसहरु बाहेक कसैले केही पनि किन्न वा बेच्न सक्तैनथ्यो। चिन्ह त्यो पशुको नाउँ वा त्यसको नाउँको संख्या थियो।

Cross references

प्रकाश 3:12

मानिस जसले विजय प्राप्त गर्छ उसलाई म मेरा परमेश्वरको मन्दिरको खम्बा बनाउनेछु। त्यस व्यक्तिले फेरि कहिल्यै पनि परमेश्वरको मन्दिर छोडनु पर्नेछेन। म मेरा परमेश्वरको नाउँ अनि मेरा परमेश्वरको नगरको नाउँ त्यस व्यक्तिमा लेख्नेछु। त्यो नगर नयाँ येरुशलेम हो जुन स्वर्गदेखि तल झरिरहेको छ। म मेरो नयाँ नाउँ पनि त्यस व्यक्तिमा लेखिदिनेछु।

प्रकाश 13:16

त्यो दोस्रो पशुले ठूला अनि साना, धनी अनि गरीब, मुक्त अनि दास, सबै मानिसहरुलाई तिनीहरुको दाहिने हात अथवा निधारमा चिन्ह लाउन विवश तुल्यायो।

प्रकाश 13:18

कोही पनि जसकोमा बुद्धि छ उसले त्यस पशुको संख्या थाहा लगाउनु सक्थ्यो। यहाँ बुद्धिको आवश्यक छ। यो संख्याले मानिसको नाउँ प्रतिनिधित्व गर्छ। यो 666 हो।

प्रकाश 14:9

तेस्रो स्वर्गदूतले पहिलो दुई स्वर्गदूतहरुको अनुसरण गरे। त्यो तेस्रो स्वर्गदूतले ठूलो आवाजमा भने, जसले त्यस पशु अनि पशुको मूर्तिको पूजा गर्छ, अनि आफ्ना निधार अथवा हातमा पशुको चिन्ह अंकित गर्छ, त्यस मानिसको निम्ति नराम्रो हुनेछ।

प्रकाश 14:11

अनि तिनीहरुको निम्ति कष्टदायक धुवाँ सदा सर्वदा रहनेछ। ती मानिसहरु जसले पशुको अनि त्यसको मूर्तिको पूजा गर्नेछन् अथवा त्यसको नाउँ खोपाउने छन्, तिनीहरुको निम्ति दिन रात आराम रहने छैन।

प्रकाश 15:2

मैले आगोसित मिसिएको काँचको समुद्र जस्तै केही चीज देखेँ। समस्त मानिसहरु जसले त्यो पशु अनि त्यसको मूर्ति अनि त्यसको नाउँका संख्याहरुमाथि विजय प्राप्त गरेका थिए, समुद्रको छेउमा उभिरहेका थिए। यी मानिसहरुसित वीणा थियो जो परमेश्वरले दिएका थिए।

प्रकाश 17:5

उसको निधारमा उपाधि लेखिएको थियो। त्यो उपाधिको गुप्ती अर्थ थियो। यो लेखिएको थियोमहान बेविलोन वेश्याहरु अनि पृथ्वीका दुष्ट कुराहरुको जननी।

प्रकाश 22:4

तिनीहरुले उनको चेहेरा देख्नेछन्। परमेश्वरको नाउँ तिनीहरुको निधारमा हुनेछ।

Interlinear

Choose Theme