त्यो मानिस धन्य हो जसले यो पढिरहेको छ अनि तिनीहरु धन्य हुन् जो यी अगमवाणीको शब्दहरु सुन्दछन् र यही अनुसार कामहरु गरिरहेका छन्। किनभने धेरै समय बाँकी छैन।
Cross references
जुन मानिसले मेरो कुरा सुन्छ, त्यही मानिस नै भाग्यमानी हुनेछ, जसले दिनहुँ मेरो ढोकामा आँखा लगाइरहन्छ, जसले मेरो ढोकाको सङ्घार पर्खिरहन्छन्। तिनीहरूनै धन्य हुन्छन्।
यर्मियाले सरायाहलाई भने, “जब तिमी बाबेलमा जान्छौ यी वचनहरू जोरले पढ्नु।
त्यो मानिस धन्य हो जसले 1,335 दिन पूरा भएको हेर्न पर्खिरहन्छ।
तर उहाँले भन्नुभयो, “मानिसहरू जसले परमेश्वरको वचनहरू सुन्छन् अनि पालन गर्छन् तिनीहरू वास्तविक रूपमा खुशी छन्।”
मेरो भनाइको कारण यो हो कि हामी अप्ठ्यारो समयमा बाँचिरहेछौं। हो, अब निद्राबाट ब्यूँझिने तिम्रो समय आएको छ। किनभने जति बेला हामीले विश्वास गर्यौं त्यस बेला भन्दा अहिले हाम्रो मुक्ति हामी नजिक भएको छ।
तिमीहरू धैर्यवान हुनुपर्छ। आशा नमार। प्रभु येशू चाँच्च्ै आउनु हुँदैछ।
समय नजिक आइरहेको छ जब सबै कुराको अन्त हुन्छ। यसर्थ आफ्नो मन स्वच्छ राख अनि स्वयंलाई नियन्त्रण गर। यसले तिमीहरुलाई प्रार्थना गर्नमा सहायता दिनेछ।
यो एउटा कुरा नबिर्स, प्रिय मित्रहरु प्रभुका निम्ति एक दिन हजार र्वष जस्तै अनि हजार र्वष एकदिन जस्तै हो।
त्यो स्वर्गदूतले मलाई भने, “यी वचनहरु विश्वासनीय अनि सत्य हुन्। परमप्रभु अगमवक्ताहरुको आत्माहरुका परमेश्वर हुन्। परमेश्वरले आफ्ना सेवकहरुलाई ती कुराहरु, जो चाँडै हुनु पर्नेछ, देखाउन र्स्वगदूतलाई पठाए।।”
तब स्वर्गदूतले मलाई भने, “यस पुस्तकको अगमवाणीका वचनहरुलाई गुप्त राख्नु हुँदैन। यी कुराहरु पुरा हुनलाई समय आई सकेको छ।
“सुन! म चाँडै आउँदैछु। मसित पुरस्कारहरु ल्याउने छु। प्रत्येक मानिसले जे गरेको छ त्यसको मूल्य चुकाउनेछु।
येशू नै उहाँ एक हुनुहुन्छ जसले भन्नुहुन्छ कि यी कुराहरु सत्य हुन्। अहिले उहाँले भन्नुहुन्छ, “हो, म चाँडै आउँदैछु।”आमिन। हे प्रभु येशू! आउनुहोस्।