Home Bibles भजनसंग्रह 89:47 · नेपाली बाइबल
भजनसंग्रह 89:47 · नेपाली बाइबल

स्‍मरण राख्‍नुहोस्‌, मेरो आयु कस्‍तो क्षणिक छ। तपाईंले सबै मानिसलाई कस्‍तो निरर्थकताको निम्‍ति सृजनुभएको छ!

Cross references

अय्यूब 7:7

परमेश्वर, सम्झनुहोस् मेरो जीवन त ढुकढुकी मात्र हो। म कहिल्यै पनि फेरि केही राम्रो देख्ने छैन।

अय्यूब 9:25

दगुर्ने भन्दा पनि मेरो दिनहरू चाँडो भाग्दछ मेरा दिनहरू उडी जाँदैछ अनि त्यहाँ तिनीहरूमा कुनै खुशीयाली नै छैन।

अय्यूब 10:9

परमेश्वर, सम्झनु होस्, तपाईंले मलाई माटोबाट बनाउनु भयो। के फेरि तपाईंले मलाई माटोमा नै परिणत गर्नुहुन्छ?

अय्यूब 14:1

अय्यूबले भने, “हामी सबै मानिसहरू हौं। हाम्रो आयु छोटो अनि संकटहरूले भरिएको छ।

भजनसंग्रह 39:5

परमप्रभु! तपाईंले मलाई छोटो जीवन दिनुभयो। तपाईंको तुलनामा मेरो जीवन अत्यन्तै छोटो छ। प्रत्येक मानिसको जीवन बादल जस्तो छ जुन चाँडै विलिन हुँदछ, कुनै पनि मानिस सदा सर्वदा बाँच्दैन!

भजनसंग्रह 79:5

हे परमेश्वर, के तपाईं हामीसँग सधैंको निम्ति रिसाउनु हुनेछ? के तपाईंको बलिया भावनाहरूआगो झैं अनवरत झल्दछ?

भजनसंग्रह 119:84

म कहिले सम्म बाँच्ने छु? हे परमप्रभु, जसले मेरो खेदो गरे, ती मानिसहरूलाई कहिले सजाय दिनु हुन्छ?

भजनसंग्रह 144:4

मानिसको जीवन मात्र हावाको झोंका हो। मानिसको जीवन अस्थायी छाया जस्तो मात्र हो।

याकूब 4:14

भोलि के हुनेछ तिमीहरू जान्दैनौ। तिमीहरूको जीवन वाफ जस्तो छ। त्यसलाई तिमीहरू क्षण-भरको निम्ति देख्न सक्छौ, तर त्यसपछि त्यो हराइहाल्छ।

Interlinear

Choose Theme