कुनै शत्रुले त्यसमाथि राजकर तिर्न अधिकार गर्नेछैन, न त कुनै दुष्ट मानिसले त्यसलाई दु:ख दिनेछ।
Cross references
म इस्राएलीहरूको निम्ति एउटा यस्तो ठाउँ छान्ने छु। म इस्राएलीहरूलाई तिनीहरूको आफ्नै स्थानमा नियुक्त गर्नेछु। अब देखि तिनीहरू फिरन्ते जीवन जीउने छैनन्।
म यो भूमि मेरो इस्राएली मानिसहरूलाई दिरहेकोछु। म उनिहरूलाई यस भूमिमा स्थापना गर्नेछु अनि तिनीहरू त्यहां बस्नेछन्। कसैले तिनीहरूलाई दिक्दारी दिनेछैन। नराम्रा मानिसहरूले तिनीहरूलाई चोट पुर्याउने छैनन्। जसरी तिनीहरूले पहिले गरेका थिए।
यसपछि आत्माले येशूलाई मरुभूमिमा लगेर गयो। दुष्टात्माद्वारा परीक्षा गर्नको निम्ति त्यहाँ लगिएको थियो।
जब सम्म म तिनीहरूसंग थिएँ मैले तिनीहरूलाई सुरक्षित राखें। मैले तिनीहरूलाई तपाईंको नामको शक्तिबाट सुरक्षित राखें जुन तपाईंले मलाई दिनुभयो। मैले तिनीहरूलाई जोगाएँ। अनि तिनीहरू मध्ये एकजना मात्र लुप्त भयो। उनी लुप्त हुनलाई आफै छानिएका थिए। ऊ लुप्त भयो जसबाट धर्मशास्त्रमा लेखिएको कुरा पूर्ण भयो।
कुनै खण्डमा पनि तिमीहरूलाई कसैले धोखा नदिओस्। जब सम्म परमेश्वरको विरुद्ध विद्रोह हुँदैन त्यो दिन आउने छैन। जब सम्म विनाशकारी मानिस आँउदैन तब सम्म त्यो दिन आँउदैन। विनाशकारी मानिस नरकको हो।