Home Bibles ☰ Books भजनसंग्रह 84:5 · नेपाली बाइबल
भजनसंग्रह 84:5 · नेपाली बाइबल

मानिसहरू तपाईंको मन्दिरमा आफ्नो मनभरी र्हषका गीतहरू लिएर आउँछन्, तिनीहरू धेरै खुशी छन्।

Cross references

भजनसंग्रह 28:7

परमप्रभु मेरो शक्ति हुनुहुन्छ। उहाँ मेरो ढाल हुनुहुन्छ, म उहाँमाथि भरोसा गर्छु, म खुशी छु र उहाँको प्रशंसाको गीत गाउँछु।

भजनसंग्रह 40:8

हे मेरो परमेश्वर, तपाईं जे चाहनु हुन्छ म त्यही अनुरूप गर्दछु। म तपाईंको व्यवस्था जान्दछु।

भजनसंग्रह 42:4

जब म मन्दिरमा बिताएका सुन्दर क्षणहरू सम्झने गर्छु मेरो हृदय र्चकिएर आउँछ। तिनीहरू सबैलाई भीड-भाडबाट छिराउँदै परमेश्वरको मन्दिरतिर लगेको सम्झन्छु। ती घुइँचोहरूमा मनाइरहेका उत्सवहरूमा स्तुति-गान खुशीसँग गाएको सम्झन्छु।

भजनसंग्रह 55:14

मेरो शत्रुहरूलाई मृत्युले अचानक लैजावोस्! म कामना गर्दछु कि पृथ्वीको मुख खुलियोस् र तिनीहरूलाई जिउँदै निली दिओस्! किन? किनभने तिनीहरूले परस्परमा त्यस्तो डरालाग्दो योजनाहरू बनाइरहेछन्।

भजनसंग्रह 65:5

हे परमेश्वर, हामीलाई बचाउँनु होस्। धर्मी मानिसहरूले तपाईंलाई प्रार्थना गर्दछन् अनि तपाईंले उनीहरूको प्रार्थनाको जवाफ दिनुहुन्छ। तपाईंले उनीहरूको निम्ति अचम्म लाग्ने कार्यहरू गर्नुहुन्छ। संसारभरिका मानिसहरूले तपाईंलाई विश्वास गर्दछन्।

भजनसंग्रह 81:1

खुशी हौ र परमेश्वर हाम्रो शक्ति हुनुहुन्छ भनी गीत गाऊ। इस्राएल का परमेश्वर तर्फ कराउँदै खुशी मनाऊ।

भजनसंग्रह 122:1

म अत्यन्त खुशी थिएँ जब मानिसहरूले यसो भने, “परमप्रभुको मन्दिर तर्फ जाऊ आऊ।”

भजनसंग्रह 134:1

परमप्रभुको प्रशंसा गर, हे सबै दासहरू हो! जसले रातभरि मन्दिरमा सेवा गरे।

यशैया 26:9

मेरो प्राण रातमा तपाईंसँग रहन चाहन्छ। अनि मभित्र भएको आत्मा प्रत्येक नयाँ दिनेको प्रात कालमा तपाईंसँग रहन चाहन्छ। जब तपाईंको न्यायको बाटो यस पृथ्वीमा आउँदछ, मानिसहरूले बाँच्ने राम्रो र ठीक बाटो पाउने छन्।

यशैया 45:24

मानिसहरूले भन्नेछन्, “धार्मिकता र शक्ति परमप्रभुबाटै मात्र आउने छ।”‘कतिपय मानिसहरू परमप्रभुसित कोधित छन्। तर परमेश्वरको साक्षी आउनेछ र परमप्रभुले गर्नु भएको कुराहरूको विषयमा बताउनु हुनेछ। यसकारण ती क्रोधित मानिसहरू लज्जित हुनेछन्।

यर्मिया 31:6

त्यहाँ त्यस्तो समय हुने छ जब चौकीदारले यो सन्देश जोडले भन्ने छ ‘आऊ, सियोन माथितिर जाँऊ परमप्रभु हाम्रो परमेश्वरलाई पूज्नको लागि।’ एप्रैमको पहाडी देश सम्मका चौकीदाहरूले त्यो सन्देश जोडले भन्नेछन्।”

यर्मिया 31:33

“म भविष्यमा यही करार इस्राएलका मानिसहरूसित गर्नेछु। म मेरो शिक्षाहरू तिनीहरूका विवेकमा राख्नेछु अनि तिनीहरूका हृदयमा लेख्नेछु। म तिनीहरूका परमप्रभु हुनेछ अनि तिनीहरू मेरा मानिसहरू हुनेछन्।

यर्मिया 50:4

परमप्रभु भन्नुहुन्छ, “त्यसबेला इस्राएलका मानिसहरू अनि यहूदाका मानिसहरू एकैजुट हुनेछन्। तिनीहरू संग-संगै रूने छन्। अनि सँगै, तिनीहरू आफ्ना परमेश्वरलाई खोज्न जानेछन्।

Interlinear

Choose Theme