भजनसंग्रह 8:7 · नेपाली बाइबल
सबै मानिसहरूले भेंडा र गाई साथै सम्पूर्ण जङ्गली जनावरमाथि शासन गर्छन।
Cross references
उत्पत्ति 1:26
तब परमेश्वरले भन्नुभयो, “अब हामी मानिस सृष्टि गरौं। हामी मानिस हाम्रै स्वरुप बनाउनेछौं र मानिस हामी जस्तै हुनेछन्। तिनीहरुले जलचर, नभचर, स्थलचरमा ठूला साना अनि घस्रने सबै प्राणीहरुमाथि शासन गर्नैछन्।”
उत्पत्ति 1:28
परमेश्वरले तिनीहरुलाई आशीर्वाद दिंदै भन्नुभयो, “धेरै सन्तानहरु उत्पति गराऊ र पृथवी भरेर तिनीहरुको हेरचाह गर। समुद्रका माछाहरु, आकाशमा उड्ने चराहरु अनि पृथ्वीमा हिँडडुल गर्ने, सबै प्राणीहरुमाथि शासन गर।”
उत्पत्ति 2:20
अनि मानिसले पाल्तू गाई वस्तु, आकाशमा उड्ने चरा-चुरुङ्गीहरु र जङ्गली जनावरहरुको नाउँ राख्यो। तर मानिसको निम्ति कुनै सहयोगी साथी पाएन।