Home Bibles ☰ Books भजनसंग्रह 78:53 · नेपाली बाइबल
भजनसंग्रह 78:53 · नेपाली बाइबल

उहाँले आफ्ना मानिसहरूलाई सुरक्षित ठाउँमा लैजानु भयो। उहाँका मानिसहरू डराउने कुनै कामै थिएन। परमेश्वरले आफ्ना शत्रुहरूलाई लाल समुद्रमा डुबाई दिनुभयो।

Cross references

प्रस्थान 14:13

तर मोशाले उत्तर दिए, “नडारऊ तिमीहरू जहाँ छौ यही उभिने काम गर अनि हेर आज परमप्रभुले तिमीहरूलाई बचाउनु हुनेछ। तिमीहरूले यी मिश्रबासीलाई फेरि कहिल्यै देख्ने छैनौ।

प्रस्थान 14:15

तब परमप्रभुले मोशालाई भन्नुभयो, “अहिलेसम्म मसंग तिमी किन कराइरहेका छौ? इस्राएली मानिसहरूलाई अघि बढन शुरू गर्नु भन।

प्रस्थान 14:19

तब परमप्रभुका स्वर्गदूत मानिसहरूका पछि लागे। (परमप्रभुका स्वर्गदूत खास गरी मानिसहरूलाई डोर्याउन तिनीहरूका अघि-अघि थिए।) यसकारण बादलको खामो मानिसहरूको अघिबाट सरेर पछाडिपट्टि गयो।

प्रस्थान 14:27

यसकारण बिहान उज्यालो हुनअघि मोशाले आफ्नो लहुरो समुद्रमाथि उठाए अनि समुद्र फेरि पानीले भरियो। मिश्रका मानिसहरू त्यहाँबाट भाग्ने चेष्टा गर्दै थिए तर परमप्रभुले तिनीहरूलाई समुद्रमा डुबाएर मारिदिनु भयो।

प्रस्थान 14:28

त्यसको पानी पहिलाको स्थानमा फर्कियो अनि रथ र घोडाहरू सबैलाई डुबायो। फिरऊनका सम्पूर्ण सेनाहरू जो इस्राएलीहरूलाई खेद्‌दै आएका थिए डुबेर नष्ट भए। तिनीहरू कोही पनि बाँचेनन्।

प्रस्थान 15:10

तर तपाईंले तिनीहरूमाथि फुकिदिनु भयो अनि तिनीहरू समुद्रमा ढाकिए। तिनीहरू नाप्न नसकिने गहिरो समुद्रमा डुबे।

प्रस्थान 18:24

यसकारण मोशाले आफ्नो ससुराले भने जस्तै गरे।

भजनसंग्रह 106:11

परमेश्वरले तिनीहरूका शत्रुहरूलाई समुद्रले ढाकिदिनु भयो। तिनीहरूका एउटै शत्रुहरूले पनि बाँच्न पाएनन्।

भजनसंग्रह 136:15

परमेश्वरले फिरऊन र उनका सैन्यहरू लाल समुद्रमा डुबाई दिनु भयो। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।

हिब्रू 11:29

अनि मोशाले डोर्याएका सबै मानिसहरूले सूखा जमीनमाथि जस्तो लाल समुद्र हिडेर तरे। तिनीहरूले यो विश्वासले गरे। तर मिश्रदेशवासीहरू त्यसरी नै तर्न खोज्दा डुबे।

Interlinear

Choose Theme