परमेश्वरले आफ्ना क्रोध देखाउने बाटो पाउनु भयो। उहाँले कसैलाई पनि जिउँदो रहन दिनु भएन, डरालाग्दो बिमारको कारणले तिनीहरूलाई मर्न लगाउनु भयो।
Cross references
तब परमप्रभुले आफ्नो शक्ति तिम्रा खेतका पशुहरूमाथि प्रयोग गर्नुहुनेछ। तिम्रा सबै घोडाहरू, गधाहरू, ऊँटहरू, गाई वस्तुहरू अनि भेडाहरूमाथि भयानक रोगले ग्रस्त हुनेछन्।
परमप्रभुले जे गर्छु भन्नु भएको थियो त्यसै गर्नु भयो। अर्को दिन बिहान मिश्रका सबै पशुहरू मरे। तर इस्राएलीहरूका एउटा पनि पशु मरेनन्।
दुष्ट मानिस बतासको शक्तिबाट भाग्ने कोशिश गर्ला तर निर्दयी तूफान ऊमाथि आइलाग्नेछ।
परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “यरूशलेम, म आफ्नो जीवनको शपथ खाएर भन्दैछु म तँलाई दण्ड दिनेछु। म प्रतिज्ञा गर्दैछु कि म तँलाई दण्ड दिनेछु। किन? किनभने तैंले मेरो पवित्र स्थानको विरूद्धमा भयंकर पाप गरिस्। तैले घृणित काम गरेर मेरो स्थान मैला बनाइ दिइस्। म तँलाई दण्ड दिनेछु। म तँमाथि दया गर्ने छैन्। म तेरो निम्ति दुखको अनुभव गर्ने छैन्।
म तिमीहरूलाई दया देखाउने छँईन म तिमीहरू प्रति टिठाउँने छैन। म तिमीहरूलाई तिमीहरूको नराम्रो कामको निम्ति दण्ड दिने छु। तिमीहरूले डरलाग्दो काम गरेका छौ। अब तिमीले बुझ्नेछौ म नै परमप्रभु हुँ।”
म तिमीहरूप्रति अलिकति पनि दया देखाउने छैन। म तिमीलाई छोडने छैन। तिमीहरूको नराम्रो कामको निम्ति तिमीलाई दण्ड दिँदैछु। तिमीहरूले जुन डरलाग्दो काम गरेकाछौ, अब तिमीले थाहा पाउने छौ म नै परमप्रभु हुँ।
म तिनीहरूमाथि आफ्नो क्रोध प्रकट गर्नेछु, म तिनीहरूमाथि कुनै दया राख्ने छैन। म तिनीहरूको निम्ति दुख अनुभव गर्ने छैन। तिनीहरू मलाई उच्च स्वरले बोलाउँने छन्, तर म सुन्न अस्वीकार गरिदिनेछु।”
अनि म दया देखाउँने छैन्। म तिनीहरूका निम्ति अफसोस अनुभव गर्ने छैन। तिनीहरू स्वंयले यो बोलाएका हुन्, म यिनीहरूलाई मात्र दण्ड दिंदैछु जसको यिनीहरू पात्र हुन्।”
परमेश्वरले हाम्रो निम्ति जे पनि गर्नुहुनेछ। परमेश्वरले उहाँको आफ्नै पुत्रलाई कष्ट मात्र भोगाउनु भएन तर हाम्रा निम्ति बलि दिनुभयो। तब के परमेश्वरले हामीलाई येशूका साथै हरेक उपहार दिनुहुन्न र?
जब स्वर्गदूतहरुले पाप गरे तिनीहरुलाई दण्डविहीन जान दिइएन। अहँ परमेश्वरले तिनीहरुलाई नरकमा पठाउनु भयो। परमेश्वरले ती स्वर्गदूतहरुलाई अन्धकार गुफामा राख्नु भयो। तिनीहरुलाई न्याय नगरुञ्ञेल त्यहीं राख्नेछन्