Home Bibles ☰ Books भजनसंग्रह 71:4 · नेपाली बाइबल
भजनसंग्रह 71:4 · नेपाली बाइबल

हे मेरा परमेश्वर, दुष्ट मानिसहरूबाट मलाई बचाउँनु होस्। मलाई धूर्त र दुष्ट मानिसहरूबाट बचाउँनु होस्।

Cross references

2 शमूएल 16:21

अहीतोपेलेले अब्शालोमलाई भने, “तिम्रा पिताजीले उहाँका केही पत्नीहरूलाई आफ्नो घर रेखदेख गर्न छोडनु भएको छ। जाऊ र तिनीहरूसित शारीरिक सम्बन्ध राख। त्यसपछि प्रत्येक इस्राएलीलाई यो थाहा हुनेछ कि तिमीलाई तिम्रा पिताले घृणा गर्छन् भनेर। अनि ती सबै मानिसहरूले तिमीलाई सहयोग पुर्याउन उत्साहित हुनेछन्।”

2 शमूएल 17:1

अहीतोपेलले अब्शालोमलाई भने, “दया गरि मलाई 12,000 मानिस छान्न दिनुहोस्। म आज राती नै दाऊदको खेदो गर्छु।

2 शमूएल 17:12

हामीले दाऊदलाई लुकेकै ठाउँमा समाउने छौं। दाऊदलाई धेरै सिपाहीहरूको साथमा जाइलाग्नु पर्छ। हाम्रो संख्या भुँइमा खसेको शीतका थोपाहरू जस्तो हुनुपर्छ। हामीले दाऊदलाई उसका मानिसहरूसँगै मार्नु पर्छ। कसैलाई जिउँदो छाडने होइन।

2 शमूएल 17:21

अब्शालोमको नोकर हिडेपछि जोनाथन र अहीमास कुवाबाट निस्किए। तिनीहरू दाऊदलाई खबर भन्न गए। तिनीहरूले दाऊदलाई भने, “छिटो, नदी पार गरिहाल्नु होस्। अहीतोपेलले तपाईंको विरूद्धमा यस्तो योजना बनाएको छ।”

भजनसंग्रह 17:8

तपाईंले आफ्नो आँखाको नानी जस्तै मेरो रक्षा गर्नुहोस्। तपाईंको छत्रछाँयामुनि मलाई लुकाउनु होस्।

भजनसंग्रह 17:13

हे परमप्रभु, उठ्नुहोस र शत्रुतर्फ जानु होस्। तिनीहरूलाई आत्मासमर्पण गर्न बाध्य पार्नुहोस्। तपाईंको आफ्नो तरवार चलाउनु होस् र ती दुष्ट मानिसहरूबाट मलाई बचाउनुहोस्।

भजनसंग्रह 43:1

हे परमेश्वर, एकजना मानिस छ, जो तपाईंका भक्तजन मध्ये एकजना होइन। त्यो मानिस दुष्ट छ र झूटो बोल्दछ। हे परमेश्वर, मेरो रक्षा गर्नुहोस्, अनि प्रमाण दिनु होस् कि म सही छु। मलाई त्यो मानिसबाट बचाउनु होस्।

भजनसंग्रह 59:1

हे परमेश्वर, मेरा शत्रुहरूबाट बचाउनु होस्। मेरो विरूद्धमा लडाइँ गर्न आउनेहरूलाई परास्त गर्न मलाई सहायता दिनुहोस्।

भजनसंग्रह 140:1

हे परमप्रभु, मलाई दुष्ट मानिसबाट बचाउनु होस् क्रुर मानिसहरूबाट मेरो रक्षा गर्नुहोस्।

Interlinear

Choose Theme