Home Bibles भजनसंग्रह 7:3 · नेपाली बाइबल
भजनसंग्रह 7:3 · नेपाली बाइबल

हे परमप्रभु मेरा परमेश्वर, मैले त्यस्तो कुनै नराम्रो काम गरिनँ। म कसम खान्छु मैले नराम्रो काम गरिनँ!

Cross references

यहोशू 22:22

“परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ, फेरि पनि हामी भन्छौ, कि परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ। अनि हामीले किन यो काम गर्यौ त्यो परमेश्वरले जान्नु हुन्छ। हामी चाहन्छौं कि तिमीहरूले पनि यो जान्नुपर्छ। तिमीहरूले न्याय गर्न सक्छौ, हामीले के गर्यौं। यदि हामीले केही गल्ती गर्यौं भनी तिमीहरू विश्वास गर्छौ भने, तिमीहरूले हामीलाई मार्न सक्छौ।

1 शमूएल 20:8

म माथि दया गर जोनाथन, म तिम्रो सेवक हुँ। परमप्रभुको अगाडि तिमीले मसँग सम्झौता गरेका छौ। यदि म दोषी छु भने तब तपाईंले नै मलाई मार्नु होस्। तर मलाई तिम्रा बुबा कहाँ नलैजाऊ।”

1 शमूएल 22:8

तिमीहरू सबैले मेरो विरूद्ध षड्‌यन्त्र रच्दैछौ। तिमीहरू कसैले पनि छोरा जोनाथनले यिशैका छोरासँग सन्धि गरेको छ भनेर भनेनौ कसैले मेरो वास्ता गरेनौ। मेरो छोरा जोनाथनले दाऊद मेरो नोकरलाई सहायता गरेको कुरा कसैले पनि भनेनौ। जोनाथनले दाऊदलाई लुकेर रहनु भन्ने गर्थ्यो ताकि उसले मलाई आक्रमण गर्न सकोस्। अनि दाऊदले अहिले त्यही नै गर्दैछ।”

1 शमूएल 22:13

शाऊलले अहीमेलेकलाई भने, “तिमी र यिशैका छोरा दाऊदले मेरो विरूद्ध किन षड्‌यन्त्र रच्यौ? तिमीले दाऊदलाई रोटी र तरवार दियौ। परमेश्वरसँग तिमीले उसको लागि विन्तीभाउ पनि गर्यौ। अनि अहिले दाऊद सोझै मलाई आक्रमण गर्ने मौका हेर्दैछ।”

1 शमूएल 24:9

दाऊदले शाऊललाई भने, “जब मानिसहरूले भन्छन्, ‘दाऊदले तपाईंलाई चोट पुर्याउने योजना बनाइरहेछ तपाईंले किन तिनीहरूको कुरा सुन्नुभयो।”

1 शमूएल 24:11

यो लुगाको टुक्रा मेरो हातमा हेर्नुहोस्। मैले यो टुक्रा तपाईंको खास्टोबाट काटेको हुँ। म तपाईंलाई मार्न सक्थें, तर मैले त्यसो गरिन। यो कुरा तपाईंलाई थाहा होस् भन्ने म चाहान्छु। म तपाईंलाई यो जनाउन चाहान्छु कि तपाईंको विरूद्धमा मैले कुनै योजना बनाएको छैन। मैले तपाईंलाई कुनै अनिष्ट गरेको छैन। तर तपाईं मेरो पछि लागेर मलाई मार्न चाहानुहुन्छ।

1 शमूएल 26:18

दाऊदले फेरि भने, “हे मेरा प्रभु, तपाईंले मेरो खेदो किन गर्नु हुदैछ? मैले के भूल गरें? मेरो के कसुर छ?

2 शमूएल 16:7

शिमीले दाऊदलाई सराप दिए। उनले भने, “ए हत्यारा, भाग यहाँबाट छिटो भाग।

अय्यूब 11:14

तिम्रो घरमा रहेको पाप तिमीले त्यहाँबाट लखेट्नु पर्छ। तिम्रो घरमा दुष्टलाई आश्रय नदेऊ।

अय्यूब 16:17

मैले कसैलाई नोक्सान गरेको छैन। तर त्यस्ता अप्रिय घटनाहरू मकहाँ आई लाग्यो। मेरा प्रार्थनाहरू उचित र चोखा छन्।

भजनसंग्रह 22:12

मानिसहरू मेरो चारैतिर छन्। तिनीहरू बलिया साँढेहरू जस्ता छन् जसले मलाई घेरेर राखेको छ।

भजनसंग्रह 22:20

हे परमप्रभु, मेरो प्राण तरवारबाट बचाउँनुहोस्। मेरो बहुमूल्य प्राण ती कुकुरहरूबाट जोगाई दिनुहोस्।

भजनसंग्रह 59:3

हेर, बलिया मानिसहरूले मलाई पर्खीरहेका छन्। तिनीहरू मलाई मार्न पखिरहेका छन्। यद्यपि मैले कुनै पाप र अपराध गरेको छैन।

भजनसंग्रह 66:18

मेरो हृदय शुद्ध थियो, यसैले मेरो स्वामीले मलाई सुन्नुभयो।

Interlinear

Choose Theme