Home Bibles ☰ Books भजनसंग्रह 66:11 · नेपाली बाइबल
भजनसंग्रह 66:11 · नेपाली बाइबल

हे परमेश्वर, तपाईंले हामीलाई पासोमा पार्नु भयो। तपाईंले हामीलाई गह्रौं भारी बोकाउनु भयो।

Cross references

व्यवस्था 33:11

“परमप्रभु लेवीका वस्तुहरूलाई आशीर्वाद दिनु होस्। उसले गरेका कुराहरू ग्रहण गर्नु होस्। उसमाथि जाइलाग्नेहरूलाई ध्वंश पार्नु होस्, पराजित पार्नु होस्। उसका शत्रुहरूलाई जसले गर्दा तिनीहरूले फेरि कहिल्यै आक्रमण गर्ने छैनन्।”

अय्यूब 19:6

तर यहाँ परमेश्वर हुनु हुन्छ जसले ममाथि गल्ती काम गर्नु भयो। मलाई पक्रन उहाँले आफ्नो पासो थाप्नु भयो।

विलाप 1:13

परमप्रभुले माथिबाट आगो पठाउनु भयो। त्यो आगो मेरो हड्डीहरू भित्र पस्यो। उहाँले मेरो खुट्टातिर जाल फिजाउनु भयो। उहाँले मलाई फर्काउनु भयो र मलाई बाँझो भूमि तुल्य बनाउँनु भुयो। म दिनभरि शिथिल भएँ।

विलाप 3:2

परमप्रभुले मलाई डोर्याउनु भयो र ज्योति नभएको कालो अँध्यारोमा ल्‌याउनु भयो।

इजकिएल 12:13

उसले भाग्ने कोशिश गर्नेछ, तर म (परमेश्वरर) उसलाई समातिहाल्नेछु। ऊ मेरो जालमा फँस्नेछ अनि म उसलाई कल्दीहरूको देश बाबेलमा लिएर जानेछु। तर उसले यो देख्न सक्तैंन् त्यो त्यहाँ मर्नेछ।

होशे 7:12

जब तिनीहरू जान्छन्, म तिनीहरूमाथि आफ्नो जाल फिजाउँनेछु, म तिनीहरूलाई आकाशका चराहरूलाई जस्तै तल झार्नेछु। अरू राष्ट्रहरूसंग सन्धि गरेकोमा म तिनीहरूलाई दण्ड दिनेछु।

मत्ती 6:13

हामीलाई परीक्षामा पर्न नदिनुहोस् तर हामीलाई दुष्टबाट बँचाउनु होस्।

Interlinear

Choose Theme