तपाईंको क्रोधले तिनीहरूलाई खरानीमा परिणत गरिदिनु होस्। तिनीहरूलाई पुरै नष्ट गर्नुहोस्। तब संसार भरिका मानिसहरूले बुझ्ने छन् परमेश्वरले इस्राएल मा राज्य गर्नुहुन्छ!
Cross references
त्यो भूमिको खोजीमा मानिसहरूले चालीस दिन लगाएको हुनाले दिनको एक वर्षको हिसाबले तिमीहरूले चालीस वर्ष सम्म कष्ट भोग्ने छौ। तिमीहरूले चाल पाउनेछौ कि म तिमीहरूको विरोधी हुँदा के हुँदो रहेछ।
“इस्राएली मानिसहरूसित परमप्रभु क्रोधित हुनुभयो र उहाँको नजरमा ती मानिसहरू जसले दुष्टता देखाएका थिए सबै नष्ट नहोउञ्जेल चालीस वर्ष सम्म उहाँले तिनीहरूलाई मरूभूमिमा यता उता डुलाउनु भयो।
जरेद बेंसीबाट कादेश बर्नेसम्म पुग्न हामीलाई 38 वर्ष लाग्यो तब त्यस वंशका सबै युद्धका मानिसहरू छाउनीभित्र मरे। परमप्रभुले तिनीहरूलाई शपथ गर्नु भए झैं गरे।
अनि परमप्रभु तिमीहरूका परमेश्वरले ती देशका मानिसहरूलाई अलि-अलि गर्दै तिमीहरूको भूमिबाट निस्कन बाध्य गराउनु हुनेछ। तिमीहरूले तिनीहरू सबैलाई एकै पल्टमा नष्ट गर्ने छैनौ यदि तिमीहरू त्यसो गर्यौ भने जंगलीजनावरहरू तिमीहरूका लागि ज्यादै बढने छन्।
आज परमप्रभुले मलाई तँमाथि विजय दिलाउनु हुन्छ! म तँलाई मार्छु। आज तेरो टाउको काटेर चरा र जंगली जनावरहरूलाई खुवाउँछु। हामी अन्य पलिश्तीहरूलाई पनि यसै गर्छौं। त्यसपछि संसारले नै बुझ्नेछ इस्राएलमा परमेश्वर हुनुहुन्छ भनेर।
यो बेलुकीपखको बलिदानको समय भएको थियो। त्यसपछि अगमवक्ता एलिया वेदी समक्ष गए अनि प्रार्थना गरे, “हे परमप्रभु, अब्राहाम, इसहाक र इस्राएलका परमेश्वर। म तपाईंलाई इस्राएलका परमेश्वर हुनुहुन्छ भनी प्रमाणित गर्ने बिन्ती गर्छु। अनि प्रमाणित गर्नुहोस् म तपाईंको सेवक हुँ। मानिसहरूलाई देखाउनुहोस्, यी सब काम गर्नका लागि तपाईंले मलाईं आदेश दिनुभएको हो।
यसर्थ अब, हे परमप्रभु हाम्रा परमेश्वर, हामीलाई अश्शूरका राजाबाट बचाउनुहोस्। तब धर्तीका सबै राज्यहरूले जान्ने छन, तपाईं परमप्रभु मात्र परमेश्वर हुनुहुन्छ।”
दुष्ट मानिसहरूलाई दण्ड दिनुहोस्, अनि धार्मिक मानिसहरूलाई सहयोग गर्नुहोस्। हे परमप्रभु, तपाईंले मानिसहरूको हृदय देख्न सक्नुहुन्छ।
ती मानिसहरू सधैं सरापी रहन्छन। तिनीहरू सधैं अरूको अहितका कुराहरू मात्र सोच्दछन्।
परमेश्वर भन्नुहुन्छ, “लडाइँ रोक, म नै परमेश्वर हुँ भनेर जान! म जाति-जातिलाई परास्त गर्नु सक्छु, म संसारलाई अधीनमा राख्न सक्छु!”
हे परमेश्वर, तिनीहरूलाई नमार्नुहोस् नत्र मानिसहरूले भूल्न सक्छन्। मेरो स्वामी, मेरो रक्षक तपाईंको सामर्थ्यले तिनीहरूलाई परास्त पार्नु होस् अनि तितर-बितर पार्नु होस्।
परमेश्वरले गर्नु भएको काम मानिसहरूले देख्नेछन्। अन्य मानिसहरूलाई तिनीहरूले यस विषयमा बताउने छन्। तब प्रत्येकले परमेश्वरको विषयमा अझ बढी जान्नेछ। कसरी डराउनु पर्ने र आदर गर्नु पर्ने भन्ने कुरा सिक्नेछन्।