Home Bibles भजनसंग्रह 56:9 · नेपाली बाइबल
भजनसंग्रह 56:9 · नेपाली बाइबल

यसैले, मेरो शत्रुहरूलाई प्ररास्त गरिदिनोस्। जब म तपाईंलाई सहयोगको निम्ति गुहार गर्छु म जान्दछु तपाईं त्यसो गर्न सक्नुहुन्छ कारण तपाईं परमप्रभु परमेश्वर हुनुहुन्छ!

Cross references

प्रस्थान 17:9

यसर्थ मोशाले यहोशूलाई भने, “केही मानिसहरूलाई छान र भोलि अमालेकीहरूसित युद्ध गर्न जाऊ। म पर्वतमाथि बसेर तिमीलाई हेर्नेछु। म त्यहाँ परमेश्वरको लहुरो पक्वी रहनेछु।”

2 राजा 20:5

“फर्क अनि मेरा मानिसहरूका अगुवा हिजकियाहलाई भन। उनलाई भन, ‘परमप्रभु तिम्रा पुर्खा दाऊदका, परमेश्वर भन्नुहुन्छ मैले तिम्रो प्रार्थना सुनेको छु अनि मैले तिम्रो आँसू देखेको छु। यसर्थ म तिमीलाई निको पार्नेछु। तेस्रो दिन, तिमी परमप्रभुको मन्दिरमा जानेछौ।

भजनसंग्रह 9:3

मेरा शत्रुहरू तपाईंदेखि भागेर फर्किए तर तिनीहरू लडे र नष्ट भए।

भजनसंग्रह 18:38

म शत्रुहरूलाई नाश गर्नेछु तिनीहरू फेरि उठ्ने छैनन्। सम्पूर्ण शत्रुहरू मेरो पैतालामुनि हुनेछन्।

भजनसंग्रह 27:2

दुष्ट मानिसहरूले मलाई आक्रमण गर्न सक्छन्। तिनीहरूले मलाई तरवारले काट्न सक्छन्। मेरा शत्रुहरूले आक्रमण गर्न सक्छन् अनि मलाई ध्वंश पार्ने प्रयास गर्न सक्छन्।

भजनसंग्रह 46:7

सर्वशक्तिमान् परमप्रभु हामीसँग हुनुहुन्छ। याकूबका परमेश्वर हाम्रो शरणस्थान हुनुहुन्छ।

भजनसंग्रह 46:11

सर्वशक्तिमान् परमप्रभु हामीसँग हुनुहुन्छ। याकूबका परमेश्वर हाम्रो शरणस्थान हुनुहुन्छ।

भजनसंग्रह 102:2

परमप्रभु तपाईं त्यसरी विमुख नभईदिनुहोस्। जब म संकटहरूमा झेलिएको हुन्छु मप्रति ध्यान दिनुहोस्। जब म तपाईंको सहायताको निम्ति रोई कराई गर्छु मलाई झट्टै जवाफ दिनुहोस्।

भजनसंग्रह 118:6

परमप्रभु मसँग हुनुहुन्छ, यसैले म भयभीत छैन। मानिसहरूले मलाई कुनै प्रकारको हानी पुर्याउन सक्तैन।

भजनसंग्रह 118:11

शत्रुहरूले मलाई घरि-घरि हेरी रहे। मैले तिनीहरूलाई परमप्रभुको शक्तिले परास्त पार्दै गएँ।

यशैया 8:9

सबै तिमी राष्ट्रहरू, युद्धको लागि तयार हौ! तिमीहरू परास्त हुनेछौ। सुन टाढामा भएका सारा देशहरू! युद्धका लागि तयार हौ। तिमीहरू सबै परास्त हुनेछौ।

यर्मिया 33:3

“यहूदा, मलाई प्रार्थना गर, अनि म जवाफ दिनेछु। म तिमीलाई महत्वपूर्ण गुप्त कुराहरू भन्नेछु। यी कुराहरू तिमीले पहिले कहिले सुनेका छैनौ।

मलाकी 3:16

परमेश्वरका भक्तहरूले एक-अर्कामा कुरा गरे जुन परमेश्वरले सुन्नुभयो। उहाँसंग एउटा पुस्तक छ जुन पुस्तकमा परमेश्वरका भक्तहरूको नाउँ छन् ती उनीहरू नै हुन् जसले परमेश्वरको नाउँको सम्मान गर्छन्।

यूहन्ना 18:6

जब येशूले भन्नुभयो, “म येशू हुँ,” तब मानिसहरू पछि पछि हटे अनि भूइँमा लोटे।

रोमी 8:31

यसकारण यस विषयमा हामीले के भन्ने? यदि परमेश्वर हाम्रो निम्ति हुनुहुन्छ भने, हामीलाई कसले पराजय गर्न सक्छ?

Interlinear

Choose Theme