Home Bibles भजनसंग्रह 51:6 · नेपाली बाइबल
भजनसंग्रह 51:6 · नेपाली बाइबल

हे परमेश्वर, तपाईंले मलाई साँचो रूपमा विश्वासी भएको देख्न चाहनु हुन्छ, यसैले साँचो ज्ञान मेरो अन्तस्करणमा हाली दिनुहोस्।

Cross references

उत्पत्ति 20:5

अब्राहाम आफैले मलाई भने, ‘ती स्त्री उनकी बहिनी हुन्’ अनि स्त्रीले पनि भनिन्, ‘त्यो मानिस तिनको दाज्यु हुन्।’ यस कारण म पूर्णतः निर्दोष छु अनि जे मैले गरें म दोषी हुने छैन।”

1 शमूएल 16:7

तर परमप्रभुले शमूएललाई भन्नु भयो, “एलीआब अग्लो र सुन्दर छ। तर यस्तो विचार गर्नु हुदैन। परमेश्वरले ती चीजहरू हेर्नु हुन्न हो मानिसहरूले हेर्छन्। मानिसले बाहिरी रूप मात्र हेर्छ, तर परमप्रभुले उसको हृदय हेर्नुहुन्छ। एलीआब त्यो ठीक मानिस होइन।”

2 शमूएल 12:13

तब दाऊदले नातानलाई भने, “मैले परमप्रभुको विरूद्धमा पाप गरें।”नातानले दाऊदलाई भने, “तिमीले यत्रो ठूलो पाप गरेर पनि परमप्रभुले क्षमा गर्नेछन्। तिमी मर्ने छैनौ।

2 राजा 20:3

“परमप्रभु, स्मरण गर्नुहोस् मैले आफ्नो हृदयकासाथ तपाँइको सेवा गरें। मैले त्यही काम गरे जो तपाईंले सही भन्नुभइको थियो।” त्यसपछि हिजकियाह जोरसित रून थाले।

1 इतिहास 29:17

मेरा परमेश्वर, म जान्दछु कि तपाईले आफ्ना मानिसहरूको जाँज गर्नुहुन्छ अनि तपाईंले धार्मिकता मन पराउनु हुन्छ। म यी सबै वस्तुहरू स्वच्छ अनि ईमान्दार हृदयले तपाई प्रति अर्पण गर्छु। तपाईका मानिसहरू यहाँ एकत्रित भएका म देख्छु र तपाईलाई यी वस्तुहरू अर्पण गर्न तिनीहरू खुशीछन्।

2 इतिहास 31:20

यसरी राजा हिजकियाहले यहूदामा ती असल कार्यहरू गरे। तिनले त्यही गरे जो परमप्रभु तिनका परमेश्वरका समक्ष असल, उचित अनि विश्वास योग्य थियो।

अय्यूब 32:8

तर परमेश्वरको आत्माले मानिसलाई ज्ञानी बनाउँछ। सर्वशक्तिमान परमेश्वरको ‘आत्माले’ मानिसहरूलाई बोल्न सक्ने बनाउँछ।

अय्यूब 38:36

अय्यूब, मानिसहरूलाई ज्ञानी कसले बनायो? कसले ज्ञान तिनीहरूको हृदयमा पसायो?

भजनसंग्रह 5:9

ती मानिसहरू सत्य बोल्दैनन्। तिनीहरू झूटा छन् तिनीहरू सत्य बङ्ग्याउँछन्। तिनीहरूका मुख खाली चिहान जस्ता छन्। तिनीहरू अरूहरूलाई फसाउनको लागि मात्र मिठो बोल्दछन्।

भजनसंग्रह 15:2

केवल त्यो मानिस बस्न सक्छ जसको जीवन पवित्र छ र जसले असल कामहरू गर्न सक्छ। जसले सत्य बोल्छ, केवल त्यो मात्र तपाईंको पर्वतमा बस्न सक्छ।

भजनसंग्रह 26:2

हे परमप्रभु प्रयास गरेर मलाई जाँच गर्नुहोस्। मेरो मन र हृदय जाँच्न नियालेर हेर्नुहोस्।

भजनसंग्रह 32:5

तर त्यसपछि मैले आफ्ना सारा पापहरू परमप्रभु समक्ष स्वीकार गर्ने निर्णय लिएँ। परमप्रभु, मैले आफ्ना पापहरू तपाईंलाई भनें। मेरा दोषहरू तपाईं देखि कुनै पनि लुकाइँन। अनि तपाईंले मेरो सारा पापहरू क्षमा गरिदिनु भयो!

भजनसंग्रह 41:5

मेरा शत्रुहरूले मेरो विषयमा अप्रिय कुराहरू गरे। तिनीहरूले भनिरहेका छन्, “ऊ कहिले मर्नेछ र विस्मृत हुनेछ?”

भजनसंग्रह 125:4

हे परमप्रभु, धर्मी मानिसहरू प्रति हितकारी बन्नुहोस। पवित्र हृदय भएकाहरू प्रति हितकारी बन्नुहोस्।

हितोपदेश 2:6

परमप्रभुले ज्ञान दिनुहुन्छ। बुद्धि अनि समझशक्तिहरू उहाँको मुखबाट बग्दछन्।

हितोपदेश 2:21

इमान्दारी मानिसहरू तिनीहरूको भूमिमा लगातार जीउने छन् अनि दोषरहित मानिसहरू त्यहाँ बस्नेछन्।

यर्मिया 5:3

हे परमप्रभु! म जान्दछु कि तपाईंप्रति मानिसहरू निष्ठावान् भएको चाहनु हुन्छ। तपाईंले यहूदाका मानिसहरूलाई हिर्काउनु भयो तर तिनीहरूले अनुभव गरेनन्। तपाईंले तिनीहरूलाई नष्ट गर्नुभयो, तर तिनीहरूले त्यसबाट शिक्षा पाएनन् तिनीहरू साह्रै हठी थिए। तिनीहरूले जीवन परिवर्तन गर्न अस्वीकार गरे।

यर्मिया 12:1

हे परमप्रभु! यदि मैले तपाईंसँग वकालत गरें भने, तपाईं सँधै धार्मिक नै हुनुहुन्छ। तापनि मलाई केही भन्न दिनुहोस् जुन सही देखिँदैन। किन दुष्ट मानिसहरू सफल हुन्छन्? किन दुष्ट मानिसहरू सम्पन्न जीवन जिउँछन्?

यर्मिया 31:33

“म भविष्यमा यही करार इस्राएलका मानिसहरूसित गर्नेछु। म मेरो शिक्षाहरू तिनीहरूका विवेकमा राख्नेछु अनि तिनीहरूका हृदयमा लेख्नेछु। म तिनीहरूका परमप्रभु हुनेछ अनि तिनीहरू मेरा मानिसहरू हुनेछन्।

यर्मिया 32:40

“‘म तिनीहरूसित एक स्थायी करार गर्नेछु। यो करार बमोजिम म तिनीहरूको सधैं भलाई गर्नेछु। तिनीहरूले मलाई आदर गर्ने बनाउनेछु। यसकारण तिनीहरूले मलाई कहिल्यै त्याग्ने छैनन्।

लूका 11:39

यसमा प्रभूले भन्नु भुयो, “तिमी फरसीहरू खाली कचौरा अनि थालको बाहिरा पट्टि मात्र धुन्छौ तर भिन्न चाँहि तिमीहरू लोभ औ दुष्टताले भरिएका छौ।

यूहन्ना 4:23

समय आइरहेछ जब सत्य आराधकहरू आफ्ना पितालाई आत्मा र सत्यतामा आराधाना गर्नेछन्। अनि त्यो समय आइसकेको छ। यस किसिमका आराधकहरूलाई नै पिताले चाहनुहुन्छ।

रोमी 7:22

भित्रीरूपले म परमेश्वरको व्यवस्थासँग खुशी छु।

2 कोरिन्थी 1:12

यही कुराको लागि हामी घमण्ड गर्न सक्छौं अनि हाम्रो पूर्ण हृदय खोलेर भन्न सक्छौं कि यो साँचो हो। संसारमा हामीले जे जति गरेकाछौं, हामीले परमेश्वरको इमान्दारी र शुद्ध हृदयबाट गरेकाछौं। अनि यो हाम्रो तिमीहरूसित व्यवहारमा अझ धेरै सत्य छ। हामीले परमेश्वरको अनुग्रहबाट गरेका हौं, तर मानव ज्ञानले होइन।

याकूब 4:8

परमेश्वरको नजिक आऊ अनि परमेश्वर तिमीहरूको नजिक आउनु हुनेछ। तिमीहरू पापी हौ। यसर्थ तिमीहरूको जीवनदेखि पाप धोउ। जब तिमीहरू दुवै परमेश्वरको अनि संसारको सेवा गर्छौ तिमीहरूको दुइवटा मन छ। यसर्थ तिमीहरूको विचार शुद्ध तुल्याऊ।

1 पत्रुस 3:4

अहँ, तिमीहरुको सुन्दरता तिमीहरुको भित्रबाट आउनु पर्छ। त्यो नम्र अनि शान्त आत्माको सुन्दरता हो। त्यो सुन्दरता कहिले पनि धमिलिँदैन। यो परमेश्वर अघि अत्यन्तै मूल्यवान हो।

Interlinear

Choose Theme