परमप्रभुमाथि भरोसा गर। उहाँ माथि भरोसा गर अनि के गर्नु पर्नेछ उहाँले गर्नु हुनेछ।
Cross references
त्यस नोकरले भने, “हे परमप्रभु! तपाईं मेरा मालिक अब्राहामको परमेश्वर हुनुहुन्छ। आज उनको छोरोको निम्ति मलाई एउटी दुलही हासिल गराई दिनु होस्। कृपा गरी मेरा मालिक अब्राहामको निम्ति यति गरिदिनु होस्।
सबै इस्राएलीहरूले जवाफ दिए, “होइन! तपाईंले हामी कसैलाई पनि केही नराम्रो गर्नुभएन। हामीलाई कहिले पनि ठग्नुभएन र केही पनि लिनुभएन।”
यदि तिमीले केही गर्छु भनेर निर्णय लिएका छौ भने त्यो सफलता पूर्वक हुनेछ अनि तिम्रो भविष्य निश्चय उज्जवल हुनेछ।
तिनीहरूले मलाई भन्दछन् “परमप्रभुलाई गुहारको लागि बोलाऊ, हुन सक्छ तिमीलाई बचाउलान। यदि उनले तिमीलाई सँच्ची नै मन पराउँदछन् भने निःसन्देह उनले तिमीलाई रक्षा गर्ने नै छन्!”
तिम्रो चिन्ताहरू परमप्रभुलाई देऊ अनि उहाँले तिम्रो हेरचाह गर्नुहुनेछ। परमप्रभुले कहिले पनि धर्मात्माहरूलाई परास्त हुन दिनुहुन्न।
तिनीले जे सुकै गर त्यसलाई परमप्रभुमा सुम्पिदेऊ, अनि तिम्रो योजना सफल हुनेछ।
मैले यी सबै कुराहरू खुबै ध्यानपूर्वक सोचें र देखे भला र ज्ञानी मानिसहरूसित जे घट्छ अनि जुन काम तिनीहरू गर्छन् त्यसको नियन्त्रण परमेश्वरले गर्नुहुन्छ। मानिसहरू जान्दैनन् कि तिनले प्रेम पाँउछन् कि घृणा तिनीहरू जान्दैनन् कि भोलि के हुन्छ।
परमप्रभुले आज्ञा नगरूञ्जेलसम्म कसैले पनि एस्तो घट्ना होस् भनेर भन्न सक्तैन।
“यसैले म तिमीहरूलाई भन्दछु, बाँच्नलाई के खानु पर्ने भन्ने विषयमा तिमीहरू चिन्तित हुनु हुँदैन। तिमीलाई शरीको निम्ति चाहिने वस्त्रका विषयमा फिक्री नगर। खानेकुरा भन्दा जीवन धेरै मूल्यवान छ। अनि लुगाफाटा भन्दा शरीर धेरै मूल्यवान छ।
येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “यसकारण म तिमीरूलाई भन्दछु, बाँच्नका निम्ति खानेकुरा चाहिन्छ भन्ने विषयमा चिन्ता नगर। तिम्रो शरीरको विषयमा पनि चिन्ता नगर कि तिमी के लगाउँछौ?
त्यसरी नै तिमीहरूले के खाऔंला अनि के पिऔल भनी चिन्ता नगर। यस विषयमा कुनै चिन्ता नगर।
कुनै कुराको फिक्री नगर। बरु चाहिएको हरेक कुराकोलागि परमेश्वरलाई अन्तरबिन्ती र प्रार्थना गर। अनि प्रार्थना गर्दा परमेश्वरलाई धन्यवाद देऊ।
यसर्थ तिमीहरूले भन्नुपर्छ, “यदि परमप्रभुले चाहनु हुन्छ भने हामी जीवित रहनेछौ अनि यो वा त्यो गर्नेछौ।”