Home Bibles भजनसंग्रह 35:21 · नेपाली बाइबल
भजनसंग्रह 35:21 · नेपाली बाइबल

मेरा शत्रुहरूले मेरो विषयमा नराम्रो कुराहरू भनिरहेका छन्। तिनीहरू झूटो बोल्दछन् भन्छन् “आहा! हामी जान्दछौ तिमी के गरिरहेका छौ।”

Cross references

अय्यूब 30:11

परमेश्वरले मेरो धनुबाट ताँदो लानु भयो र मलाई कमजोर बनाउनु भयो। ती मानिसहरूले आफै थामिंदैनन् बरू क्रोधित भएर मेरो विरोधमा जान्छन्।

भजनसंग्रह 22:13

तिनीहरूले मलाई गर्जंदै शिकार निल्ने सिंहले जस्तै आक्रमण गरिरहेका छन्।

भजनसंग्रह 22:14

मेरो शक्ति क्षीण भएको छ जसरी जमीनमा पानी पोखिन्छन्। मेरा जम्मै हाडहरू अलग भइसकेको छन्। मेरो आँट हराई सक्यो!

भजनसंग्रह 40:15

ती दुष्ट मानिसहरूले मलाई लज्जित पार्छन्। तिनीहरू बोल्नलाई पनि संकोच होस्!

भजनसंग्रह 40:16

तर ती मानिसहरू ज-जसले तपाईंको सहायता खोज्दछन आनन्दित र खुशी होऊन। तपाईंले गरेको संख्यालाई तिनीहरूले प्रेम गर्छन। तिनीहरूले सधैं यसो भन्‌न, “परमप्रभु महान् हुनुहुन्छ।”

भजनसंग्रह 54:7

किनभने तपाईंले मलाई सारा कष्टहरू देखि बचाउँनु भयो। मैले आफ्ना शत्रुहरू परास्त भइरहेको देखें।

भजनसंग्रह 70:3

मानिसहरूले मलाई हाँसोको पात्र बनाए। ज-जसले मेरो निन्दा गरे जुन कुराको निम्ति तिनीहरू योग्य छन् तिनीहरूले त्यो पाउन सकुन्।

यशैया 9:12

परमप्रभुले पूर्वबाट अरामीहरू र पश्चिमबाट पलिश्तीहरू ल्याउनु हुनेछ। ती शत्रुहरूले आफ्ना सैन्य शक्तिहरूबाट इस्राएललाई पराजित पार्ने छन्। तर परमप्रभु इस्राएलप्रति रिसाइरहेकै हुनुहुनेछ। परमप्रभु मानिसहरूलाई दण्ड दिनलाई तयार हुनुहुन्छ।

विलाप 2:16

तेरा सबै शत्रुहरू तँलाई खिसि गर्छन। तिनीहरू सिट्टी बजाउँछन् र दाह्रा किट्दै भन्छन्, “हामी पूर्णरूपले ध्वंश भएका छौं। साँच्चै, आज त्यही दिन हो जुन दिनको आशा हामीले गरेका थियौं। अन्तमा हामीले आज त्यही देखिरहेका छौं जो हामीले सोचेका थियौं।”

इजकिएल 25:3

अम्मोनका मानिसहरूसँग भन ‘परमप्रभु मेरो मालिकको वचन सुन! परमप्रभु मेरो मालिक भन्नु हुन्छ तिमीहरू खुशी थियौ जति बेला मेरो पवित्र स्थान नष्ट भयो। तिमीहरू इस्राएल देशको विरूद्ध थियौ जब त्यो दूषित भयो। तिमी यहूदाको परिवारको विरूद्ध थियौ जब तिनीहरूलाई बन्दी जस्तै कैदी बनाएका थिए।

लूका 11:53

जब येशू जान लाग्नु भयो, व्यवस्थाका शास्त्रीहरू र फरिसीहरूले धेरै कष्ट दिए। उहाँलाई धेरै प्रश्नहरूले आक्रमण गरे।

Interlinear

Choose Theme