हे परमप्रभु, जब म शक्तिशाली मानिसहरूसँग हुनेछु, महासभामा म तपाईंको स्तुति गाउने छु।
Cross references
हे परमप्रभु, म तपाईंको विषयमा मेरा दाज्यू-भाइहरूलाई भन्नेछु। महासभामा म तपाईंको प्रशंसा गाउनें छु।
सम्पूर्ण मानिसहरू ज-जसले उहाँको प्रशंसा गर्दछन् परमप्रभुको प्रशंसा गर। हे इस्राएल का सन्तान हो, परमप्रभुलाई सम्मान देखाऊ। हे, इस्राएल का मानिसहरू! परमप्रभुको डर मान र सम्मान गर।
प्रत्येक मानिसहरुले आफ्ना भावी सन्तान र केटा-केटीहरूलाई परमेश्वरले गर्नु भएको राम्रा कुराहरूको विषयमा भन्नेछन्।
मैले महासभामा मानिसहरूलाई तपाईंको विजयको सुसमाचारहरू बताएँ। अनि परमप्रभु, तपाईं जान्नुहुन्छ म ती सुसमाचारहरू भन्नका लागि कहिल्यै रोकिने छैन!
हे परमेश्वर म तर्फ कृपा दर्शाउनु होस र आशीर्वाद दिनुहोस्। कृपया हामीलाई ग्रहण गर्नुहोस्!
म परमेश्वरको नाउँ गीतमा प्रशंसा गर्नेछु। म धन्यवादको गीतहरूमा प्रशंसा गर्नेछु।
परमप्रभुको प्रशंसा गर! म परमप्रभुलाई सभामा (जहाँ असल मानिसहरू भेला हुँदछन्) आफ्ना सम्पूर्ण हृदयबाट धन्यवाद दिंदछु।
परमप्रभुले वचन दिएको कुराहरू म परमेश्वरलाई दिनेछु। म अब सम्पूर्ण मानिसहरूका समक्षमा जानेछु।
आफुले वचन दिएको कुराहरू म परमेश्वरलाई दिनेछु। अब म सम्पूर्ण मानिसहरूको समक्ष जाने छु।
हे सबै जातिका मानिस हो! परमप्रभुको प्रशंसा गर। हे सबै मानिसहरू हो! परमप्रभुको प्रशंसा गर।
हे परमप्रभु, तपाईंले भन्नु भएका कुराहरू सुने पछि पृथ्वीका जम्मै राजाहरूले तपाईंको प्रशंसा गर्नेछन्।
शक्तिशाली जातिहरूका मानिसहरूले तपाईंको सम्मान गर्नेछन्, दरिलो शहरहरूका शक्तिशाली मानिसहरूले तपाईंसित डराउनेछन्।
ख्रीष्ट सेवक बन्नु भयो ताकि गैर-यहूदीहरूले परमेश्वरप्रति उहाँको करूणाको प्रशंसा गरून्। धर्मशास्त्रले भन्छः“यसैले म गैर-यहूदीहरूमा तिमीहरूलाई धन्यावाद दिनेछु, म तिमीहरूको नामको स्तुति गाउनेछु।”
त्यसैले उहाँ भन्नुहुन्छ“हे परमेश्वर! तपाईंको बारेमा म आफ्ना भाइ-बहिनीहरूलाई घोषणा गर्नेछु। तपाईंका सबै मानिसहरूका अघि म तपाईंको प्रशंसाको गीत गाँउनेछु।”