Home Bibles भजनसंग्रह 33:8 · नेपाली बाइबल
भजनसंग्रह 33:8 · नेपाली बाइबल

यस पृथ्वीमा प्रत्येक मानिसले डराउनु पर्छ र परमप्रभुको सम्मान गर्नु पर्छ। संसारमा भएका सबै मानिसहरू उहाँदेखि डराउनु पर्नेछ।

Cross references

अय्यूब 37:24

त्यसैकारण मानिसहरूले परमेश्वरलाई श्रद्धा गर्दछन्। तर परमेश्वरले घमण्डी मानिसहरूलाई आदर गर्नुहुन्न किनभने तिनीहरू आफैलाई ज्ञानी ठान्दछन्।”

भजनसंग्रह 22:27

टाढा-टाढा भएका जातिका मानिसहरूले परमप्रभुलाई सम्झून् र उहाँतिर फर्केर आऊन्! विदेशीहरूका परिवारहरूले पनि, उहाँ अघि दण्डवत् गरून् र उहाँको पूजा गरून्।

भजनसंग्रह 67:7

हामीलाई परमेश्वरले आशीर्वाद दिऊन्। अनि पृथ्वीमा भएका सारा मानिसहरूले परमेश्वरसँग डर राखुन् र श्रद्धा गरून्।

भजनसंग्रह 76:7

हे परमेश्वर, तपाईं विस्मयकारी हुनुहुन्छ! जब तपाईं क्रोधित हुनुहुन्छ तब कोही पनि तपाईंको विरूद्ध उभिन सक्दैन।

भजनसंग्रह 96:9

पवित्रताको सौन्दर्यसित परमप्रभुको उपासना गर। पृथ्वीमा प्रत्येक मानिसले परमप्रभुको उपासना गर।

यर्मिया 10:7

हे परमेश्वर प्रत्येकले तपाईंलाई आदर गर्नै पर्छ। तपाईं सबै जातिहरूका महाराजा हुनुहुन्छ। तपाईं सम्मानको योग्य हुनुहुन्छ। अन्य राज्यहरूमा धेरै ज्ञानी मानिसहरू छन् तर तपाईं समान कोही पनि ज्ञानी छैन।

दानियल 6:25

त्यसपछि राजा दाराले सारा पृथ्वी भरि बस्ने विभिन्न भाषा बोल्ने, विभिन्न जातिका मानिसहरूलाई एउटा शुभ-कामना चिठ्ठी लेखेतिमीहरूलाई शान्ति होस्।

हिब्रू 12:29

किनभने हाम्रा परमेश्वर आगो जस्तो हुनुहुन्छ जसले सखाप पार्नुहुन्छ।

प्रकाश 14:6

तब मैले अर्को स्वर्गदूतलाई आकाशमा उडिरहेको देखें। पृथ्वीमा बस्ने मानिसहरु प्रत्येक राष्ट्र, जाति, भाषा अनि वंशलाई प्रचार गर्नका निम्ति त्यो स्वर्गदूतसित अनन्त सुसमाचार थियो!

प्रकाश 15:4

हे परमप्रभु, समस्त मानिसहरु तपाईंसित भयभीत हुनेछन्। सबै मानिसहरुले तपाईंको नाउँको स्तुति गर्नेछन्। किनभने तपाईं मात्र पवित्र हुनुहुन्छ। सम्पूर्ण मानिसहरु आउनेछन् अनि तपाईंको सामुन्ने प्रशंसा गर्नेछन्, किनभने यो स्पष्ट छ कि तपाईं त्यो कुरा गर्नुहुन्छ जो सही छन्।”

Interlinear

Choose Theme