भजनसंग्रह 30:8 · नेपाली बाइबल
यसर्थ परमेश्वर, म फर्कें अनि तपाईं प्रति प्रार्थना गरें। मैले तपाईंलाई दयाको बिन्ती गरें।
Cross references
अय्यूब 4:5
तर अहिले तिमीमाथि कष्टहरू आए अनि तिमी हतास भयौ। कष्टले तिमीलाई छुन्छ अनि तिमी हतास हुन्छौ।
भजनसंग्रह 34:6
यस दुःखी मानिसहले उहाँको पाउनलाई परमप्रभुलाई बोलायो। अनि परमप्रभुले मेरो कुरा सुन्नुभयो। उहाँले मलाई सबै संकटहरूबाट बचाउनुभयो।
भजनसंग्रह 77:1
मैले ठूलो-ठूलो आवाजले कराएर परमेश्वरलाई गुहार मागें। हे परमेश्वर, मेरो रोदन सुनिदिनु होस्!
भजनसंग्रह 130:1
हे परमप्रभु, म गहीरो संकटमा छु। यसैकारण म तपाईंलाई गुहार मान्छु।
1 कोरिन्थी 12:8
आत्माले एक मानिसलाई ज्ञानी कुरा गर्ने उपहार दिन्छ। अनि त्यही आत्माले अर्कोलाई बुद्धिमानी कुरा गर्ने वरदान दिन्छ।
फिलिप्पी 4:6
कुनै कुराको फिक्री नगर। बरु चाहिएको हरेक कुराकोलागि परमेश्वरलाई अन्तरबिन्ती र प्रार्थना गर। अनि प्रार्थना गर्दा परमेश्वरलाई धन्यवाद देऊ।