Home Bibles भजनसंग्रह 30:10 · नेपाली बाइबल
भजनसंग्रह 30:10 · नेपाली बाइबल

हे परमप्रभु, मेरो प्रार्थना सुन्नुहोस् र मप्रति कृपादृष्टि राख्नुहोस्! हे परमप्रभु, मलाई साथ दिनुहोस्!”

Cross references

भजनसंग्रह 6:6

हे परमप्रभु, रातभरि मैले तपाईंलाई प्रार्थना गरिरहें। मेरो आँसुले ओछ्यान लथ्‌पथ् भिजेको छ। आँसु मेरो ओछ्यानबाच तप-तप तप्किरहेछ। म तपाईंको लागि कराएर, चिच्याएर थाकिसकें।

भजनसंग्रह 27:7

हे परमप्रभु, मेरो बिन्ती सुन्नुहोस्। मलाई जवाफ दिनुहोस्। मलाई कृपादान गर्नुहोस्।

भजनसंग्रह 28:7

परमप्रभु मेरो शक्ति हुनुहुन्छ। उहाँ मेरो ढाल हुनुहुन्छ, म उहाँमाथि भरोसा गर्छु, म खुशी छु र उहाँको प्रशंसाको गीत गाउँछु।

भजनसंग्रह 51:1

हे परमेश्वर, मतर्फ कृपालु हुनुहोस्, किनभने तपाईंको दायालु कृपादृष्टिले, तपाईंको महान् अनुग्रहले मेरा सारा पापहरू मेटाई दिनुहोस्।

भजनसंग्रह 54:4

हेर, मेरो परमेश्वरले मलाई बचाउँनु हुनेछ। मेरो स्वामीले मलाई साथ दिनुहुनेछ।

भजनसंग्रह 143:1

हे परमप्रभु, मेरो प्रार्थना सुनीदिनुहोस्। मेरो प्रार्थनामा ध्यान दिनुहोस् र त्यसपछि मेरो प्रार्थनाको जवाफ दिनुहोस्। तपाईंको सत्यता र विश्वासयोग्यता मलाई दर्शाउनुहोस्।

भजनसंग्रह 143:7

परमप्रभु चाँडो गरेर मलाई जवाफ दिनुहोस्! मैले आफ्नो आँट हराएँ। मदेखि टाढा नभाग्नु होस्। मलाई मर्नबाट जोगाउनु होस् र ती मरेर चिहानमा सुतिरहेको मध्ये एउटा हुन नदिनु होस्।

Interlinear

Choose Theme