Home Bibles ☰ Books भजनसंग्रह 18:21 · नेपाली बाइबल
भजनसंग्रह 18:21 · नेपाली बाइबल

किनभने मैले उहाँका आज्ञाहरू पालन गरेकोछु! मैले परमेश्वरको विरूद्धमा पाप काम गरेकोछैन।

Cross references

1 शमूएल 15:11

परमप्रभुले भन्नुभयो, “शाऊलले मलाई पछ्याउन छोडीदियो। यसर्थ म शाऊललाई राजा बनाएर आफै दुःखी छु। म जे भन्छु त्यसले त्यो गर्दैन।” शमूएल धेरै रिसाए र रातभरी परमप्रभुसित प्रार्थना गरे।

2 इतिहास 20:32

यहोशापातले ठीक प्रकारले आफ्ना पिता आसाले जस्तै जीवन जिए। यहोशापातले आसाको तरिका अनुसरण गर्न छाडेनन्। यहोशापातले परमप्रभुको दृष्टिमा ठीक कार्य गरे।

2 इतिहास 34:33

इस्राएलका मानिसहरू सित विभिन्न देशका मूर्तिहरू थिए। तर योशियाहले ती भयानक मूर्तिहरू सबै ध्वस्त गरिदिए। योशियाहले इस्राएलका सबै मानिसहरूलाई परमप्रभु तिनीहरूका परमेश्वरको सेवा गर्न लगाए। अनि जब सम्म योशियाह जीवित थिए तब सम्म मानिसहरूले तिनीहरूका पुर्खाहरूका परमप्रभु परमेश्वरको सेवा गरिरहे।

भजनसंग्रह 7:9

दुष्ट मानिसहरूलाई दण्ड दिनुहोस्, अनि धार्मिक मानिसहरूलाई सहयोग गर्नुहोस्। हे परमप्रभु, तपाईंले मानिसहरूको हृदय देख्न सक्नुहुन्छ।

भजनसंग्रह 17:4

मैले जहाँसम्म एकजना मानवको निम्ति सम्भव छ त्यतिनै मैले तपाईंको आज्ञाहरू पालन गर्ने चेष्टा गरेको छु।

भजनसंग्रह 26:1

हे परमप्रभु मेरो न्याय गर्नुहोस्। म चोखो भएर बाँचेको छु भनेर प्रमाणित गर्नुहोस्। म परमप्रभुमा भरोसा गर्न कहिल्यै चुकेको छैन।

भजनसंग्रह 119:10

म सम्पूर्ण हृदयबाट परमेश्वरको सेवा गर्ने कोशिश गर्दछु। परमेश्वर, तपाईंका आदेशहरू पालन गर्नलाई मलाई साथ दिनुहोस्।

भजनसंग्रह 119:102

यसैले तपाईं मेरो गुरू हुनुहुन्छ यसैले तपाईंको नियमहरू पालन गर्न देखि म रोकिने छैन।

हितोपदेश 8:32

अनि अब, हे मेरो छोराहरू, मलाई सुन! ती मानिसहरू भाग्यमानी हुन् जो मैले देखाएको बाटोमा हिंड्छन्।

दानियल 6:23

त्यस पछि राजा अत्यन्तै खुशी भएर दानियललाई खोरबाट निकाल्ने हुकुम दिनुभयो। दानियल खोरबाट निकालिए अनि तिनमा कुनै प्रकारको चोट लागेको पाएनन्, किनभने उनले परमेश्वरमाथि विश्वास गर्थे।

प्रेरित 24:16

यही कारणले म सधैं परमेश्वर अनि मानिसहरूको अघि त्यही गर्ने प्रयास गर्छु जुन मेरो विश्वासमा सही हुन्छ।

1 थिस्सलोनिकी 2:10

जब हामी तिमी विश्वासीहरूसित थियौं, हामी पवित्रता, धार्मिक, निष्कलंक बस्यौ। यो सत्य तिमीहरू र परमेश्वरलाई थाहा छ।

1 यूहन्ना 2:19

ख्रीष्टका शत्रुहरु हाम्रा समूहमा थिए। तर तिनीहरुले हामीलाई त्याग गरे। तिनीहरु वास्तवमा हामीसित थिएनन्, यदि तिनीहरु हाम्रो समूहमा रहेको भए हामीसित रहने थिए। तर तिनीहरुले छोडे। यसले यो दर्शाउँछ कि तिनीहरु कोही पनि वास्तवमा हामिसित थिएनन्।

Interlinear

Choose Theme