म प्रत्येक दिन तपाईंको प्रशंसा गर्छु। म तपाईंको नाउँलाई सदा-सर्वदा प्रशंसा गर्नेछु।
Cross references
त्यस पछि दाऊदले आसाप अनि उनका भाइहरूलाई करारको सन्दूकको सामु छाडे। दाऊदले तिनीहरूलाई त्यसको अघि हरेक दिन सेवा गर्न भनी छोडेका थिए।
म जन्मनु भन्दा अघिबाटै तपाईंमाथि आश्रित थिएँ, आमाको कोखमा हुँदादेखि नै मैले तपाईंमाथि पूर्ण भरोसा गरेको छु। मैले सधैं तपाईंलाई प्रार्थना गरें।
राजाको दीर्घायु होस्! अनि उहाँले शेबाबाट सुन प्राप्त गरून्। सधैं राजाको निम्ति प्रार्थना गर। प्रत्येक दिन राजालाई आशीर्वाद दिनु।
परमप्रभु प्रति गाऊ! उहाँको नाउँलाई आर्शीवाद देऊ! सुसमाचार भन। प्रत्येक दिन उहाँको मुक्तिको विषयमा कुरा गर।
दिनमा सातपल्ट म तपाईंका धार्मिक नियमहरूका निम्ति तपाईंको प्रशंसा गर्छु।
जीवनभरि नै म परमप्रभुको गुणगान गर्नेछु जीवनभरि नै म उहाँ प्रति प्रशंसाको गीत गाउने छु।
यसर्थ अहिले यी मानिसहरु परमेश्वरको सिंहासनको सामुन्ने छन्। तिनीहरु दिन रात परमेश्वरको उपासना उहाँको मन्दिरमा गर्छन्। अनि उनी एक, जो सिंहासनमा बस्छन् तिनीहरुलाई रक्षा गर्नेछन्।