समयमा यसरी नै मानिसहरू खुशी छन्। यदि परमप्रभु नै उनीहरूको परमेश्वर हुनुहुन्छ भने,मानिसहरू खुशी हुन्छन्।
Cross references
हे इस्राएल! तिमीले आशीर्वाद पाएका छौ, अरू कुनै जाति तिमी जस्तो छैन। परमप्रभुले तिमीलाई जोगाउनु भयो। परमप्रभु तिमीलाई सुरक्षित राख्ने बलियो ढाल जस्तो हुनु हुन्छ। परमप्रभु शक्तिशाली तरवार जस्तो हुनु हुन्छ। तिम्रा शत्रुहरू तिमीसँग डराएका हुनेछन् अनि तिमीले तिनीहरूका पवित्रस्थानहरू कुल्चिने छौ।”
जब हिजकियाह अनि प्रमुखहरू आए तिनीहरूले चीज-बीजका राश देखे जो संग्रह गरिएका थिए। तिनीहरूले परमप्रभु अनि उहाँका मानिसहरूको, इस्राएलका मानिसहरूको प्रशंसा गरे।
परमप्रभु जुन मानिसहरूको परमेश्वर स्वरूप हुनुहुन्छ, तिनीहरू सौभाग्यशाली हुन्छन्। किन? किनभने परमेश्वरले तिनीहरूलाई उहाँको आफ्नै खास मानिसहरू सरह रोज्नु भएकोछ।
हे परमेश्वर, तपाईंले आफ्ना मानिसहरू छान्नु भएकोछ। तपाईंले हामीलाई तपाईंको मन्दिर आउनु र उपासना गर्नलाई छान्नु भएको छ। अनि हामी अत्यन्त खुशी छौं। तपाईंको घरमा, पवित्र मन्दिरमा हामी असल पदार्थहरू पाँउछौ र हामी सन्तुष्ट हुन्छौं।
ती मानिसहरू धन्य हुन्, जसले तपाईंको प्रशंसा गर्न सिकेका छन्, जुनहरू, हे परमप्रभु, तपाईंका प्रकाशको उपस्थितिमा हिँड्छन्।
तर मानिसहरूले जसले परमप्रभुको साथ माग्दछन् तिनीहरू सुखी छन्। ती मानिसहरू आफ्ना परमप्रभु परमेश्वरमा आश्रित छन्।
उहाँले हामीलाई स्वर्गीय स्थानहरूमा प्रत्येक ख्रीष्टमा रहेको आत्मिक आशिष दिनु भएकोछ। हाम्रा प्रभु येशू ख्रीष्टका पिता परमेश्वरमा प्रशंसा।