Home Bibles भजनसंग्रह 132:10 · नेपाली बाइबल
भजनसंग्रह 132:10 · नेपाली बाइबल

तपाईंको आफ्ना असल दास दाऊदको निम्ति, आफूले रोजेका राजालाई रद्ध नगर्नुहोस्।

Cross references

1 राजा 11:12

तर म तिम्रा पिता दाऊदको कारण जबसम्म तिमी जीवित रहन्छौ, म तिम्रो राज्य लिने छैन। म तिम्रो छोरा राजा नभएसम्म पर्खिनेछु तब म तिनीबाट लिने छु।

1 राजा 11:34

यसकारण नै सुलेमानको कुलबाट राज्यलाइ लिनेछु। तर म सुलेमानलाई उसको रहल जीवन सम्म शासन गर्न दिनेछु। यो म मेरो सेवक दाऊदका लागि गर्नेछु। मैले दाऊदलाई मन पराएँ किनभने उनले मेरो सबै आदेश र नियमहरू पालन गरे।

1 राजा 15:4

दाऊदको खातिर परमप्रभुले उसलाई एउटा सन्तान यरूशलेमा दिनुभयो। परमप्रभुले दाऊदका सन्तानलाई यरूशलेममाथि शासन गर्न दिनुभयो अनि यसलाई रक्षा गर्ने प्रतिज्ञा गर्नु भयो।

2 राजा 8:19

तर परमप्रभुले यहूदालाई नष्ट पार्नुभएन किनभने आफ्ना सेवक दाऊदलाई वचन दिनुभएको थियो। परमप्रभुले दाऊदलाई वचन दिनुभएको थियो, उनको परिवारबाट कोही सँधै नै राजा हुनेछ।

2 राजा 19:34

म यस शहरको रक्षा गर्नेछु अनि यसलाई बचाउँने छु म यस्तो आफ्नै लागि गर्नेछु अनि मेरा सेवक दाऊदका लागि गर्नेछु।”

2 इतिहास 6:42

“हे परमप्रभु परमेश्वर, अभिषेक भएको तपाईंका राजालाई स्वीकार गर्नुहोस्। तपाईंको अचूक प्रेमले सेवक दाऊदलाई सम्झना गर्नुहोस्।”

भजनसंग्रह 84:9

हे परमेश्वर, हाम्रो रक्षककोरक्षा गर्नुहोस्, तपाईंका अभिषिक्त राजाप्रतिकृपालु हुनु होस्।

भजनसंग्रह 84:10

हे परमेश्वर, तपाईंको मन्दिरभित्रको एक दिन अरू ठाउँका हजार दिनभन्दा उत्तम छ। दुष्टहरूका घरमा बस्नुभन्दा बरू मेरा परमेश्वरका मन्दिरको ढोके हुनलाई मलाई मन पर्छ।

भजनसंग्रह 89:38

तर तपाईंले आफ्‍ना अभिषिक्तलाई त्‍याग्‍नुभएको छ, र तुच्‍छ ठान्‍नुभएको छ, र तिनीसँग तपाईं रिसाउनुभएको छ।

भजनसंग्रह 144:10

परमप्रभुले नै राजाहरूलाई युद्ध जित्नलाई सघाउनु भयो। परमप्रभुले आफ्ना दास दाऊदलाई शत्रुहरूका तरवारहरूबाट बचाउनु भयो।

होशे 3:5

त्यसपछि इस्राएलका मानिसहरू फर्किने छन। तब परमप्रभु आफ्ना परमेश्वरको र राजा दाऊदको खोजीमा लाग्नेछन्। अन्तमा तिनीहरू परमप्रभु र उहाँको उद्धारतातिर आउँनेछन्।

Interlinear

Choose Theme