Home Bibles भजनसंग्रह 124:7 · नेपाली बाइबल
भजनसंग्रह 124:7 · नेपाली बाइबल

हामी जालमा फस्न पुगेका चरा जस्तै छौ अथवा यस्तो भएर मुक्ति पाएका छौं। जाल फाट्यो अनि हामी मुक्त भयौ!

Cross references

1 शमूएल 23:26

शाऊल पहाडको एकापट्टि थिए, त्यही पहाडको अर्कोपट्टि दाऊद र तिनका मानिसहरू थिए। दाऊद शाऊलको पञ्जाबाट बाँच्न हतारिदै थिए। शाऊल र उसका सिपाहीहरू दाऊदलाई पक्रन पहाडको चारैतिर घुमिरहेका थिए।

1 शमूएल 23:28

यसकारण शाऊलले दाऊदको पिछा गर्न छोडे अनि पलिश्तीहरूसँग लडन गए। यही कारण मानिसहरूले त्यस ठाउँको नाउँ “छुट्टयाउने चट्टान” भन्न थाले।

1 शमूएल 24:14

तपाईंले कसलाई खेदो गर्नु भएको छ? इस्राएलका राजा कसको विरूद्धमा आक्रमणमा ओर्लिएका छन्? तपाईंले आफ्ना वास्तविक शत्रुलाई खेदिरहनु भएको छैन। तपाईं मरेको कुकुर अथवा उपियाँको पछि लाग्नु जस्तै हो।

1 शमूएल 25:29

यदि कसैले तपाईंलाई मार्न खेदो गर्यो भने परमप्रभु तपाईंको परमेश्वरले तपाईंको जीवनलाई बचाउँनु हुनेछ। तर घुँयेत्रोबाट ढुङ्गा फ्याँकिए झैं परमप्रभुले तपाईंका शत्रुहरूलाई फ्याँक्नु हुनेछ।

2 शमूएल 17:2

जब उ थाकेर कमजोर भएको हुन्छ म उसलाई पक्रनेछु। म त्यसलाई धम्काउँछु। तब उसका मानिसहरू सबै भाग्नेछन्। तर म खालि दाऊदलाई मात्र मार्नेछु।

2 शमूएल 17:21

अब्शालोमको नोकर हिडेपछि जोनाथन र अहीमास कुवाबाट निस्किए। तिनीहरू दाऊदलाई खबर भन्न गए। तिनीहरूले दाऊदलाई भने, “छिटो, नदी पार गरिहाल्नु होस्। अहीतोपेलले तपाईंको विरूद्धमा यस्तो योजना बनाएको छ।”

भजनसंग्रह 25:15

म सधैं परमप्रभुको सहयोग पाउन उहाँलाई पर्खिरहेको छु। उहाँ सधैं मेरो संकटहरूबाट मलाई मुक्ति गर्नुहुन्छ।

भजनसंग्रह 91:3

परमेश्वरले तिमीलाई लुप्त विपदहरू र डरलाग्दो बिमारीहरूबाट जोगाउनुहुन्छ।

भजनसंग्रह 129:4

तर असल परमप्रभुले डोरीहरू काटीदिनु भयो अनि ती दुष्टहरूबाट मलाई छुटकारा दिनुभयो।

हितोपदेश 6:5

मृग एउटा सिकारीबाट भागे झैं अथवा त्यो एउटा चरा जालबाट उम्के झैं तिमी आफैंलाई रक्षा गर।

यर्मिया 5:26

मेरा मानिसहरू माझमा दुष्ट मानिसहरू छन्। जो पासो थाप्छन् र चराको शिकार गर्नेहरू झैं लुक्छन्। तर तिनीहरूले मानिसहरूलाई नै पासोमा पार्छन।

यर्मिया 18:22

जब हटात तिमी तिनीहरूका विरूद्ध शत्रुहरू ल्याउँछौ तिनीहरूको घरमा ठूलो चित्कार होस्। यी आपदहरू आइलागुन् किनभने तिनीहरूले मलाई फसाउनु खाडल खने अनि मेरो खुट्टा समात्न पासो लुकाए।

2 तिमोथी 2:26

त्यस्ता मानिसहरू शैतानको जालमा परेका हुन्छन् अनि शैतानले चाहे जस्तै काम गर्छन्। तर तिनीहरू जान्न अनि शैतानको जालबाट उम्कन सक्छन्।

Interlinear

Choose Theme