हे परमप्रभु, म सम्पूर्ण रूपले तपाईंमाथिनै आश्रित छु मप्रति सँधै तपाईंले वचन दिए झै’ कृपादृष्टि रहोस्।
Cross references
तब राजा यारोबामले परमेश्वरको जनलाई भने, “कृपया परमप्रभु तपाईंका परमेश्वर सँग मेरो लागि प्रार्थना गर। परमप्रभुलाई मेरो हात निको पार्नु भन।”यसकारण त्यस परमेश्वरको जनले परमप्रभुलाई प्रार्थना गर्यो अनि राजाको पाखुरा निको भयो। यो पहिले जस्तैं नै भयो।
तिमी विश्राम गर्न ढल्किन सक्नेछौ अनि कसैले तिमीलाई सताउने छैन। अनि धेरै मानिसहरूले तिम्रो निम्ति सहयोगको हात बढाउन आउनेछन।
धेरै मानिसहरूले भन्छन्, “हामीलाई कसले परमेश्वरको भलाई देखाऊला? हे परमप्रभु, तपाईंको प्रज्वलित अनुहार हामीलाई देखाउनु होस्!”
हे परमप्रभु, म तपाईंसँग बोल्न चाहन्छु। म हृदयबाटै तपाईंसँग कुरा गर्न चाहन्छ। म तपाईं समक्ष बोल्न आएँ।
हे परमेश्वर, मतर्फ कृपालु हुनुहोस्, किनभने तपाईंको दायालु कृपादृष्टिले, तपाईंको महान् अनुग्रहले मेरा सारा पापहरू मेटाई दिनुहोस्।
म परमेश्वरमा भरोसा गर्छु, यसैले म भयभित हुन्न यसर्थ मानिसहरूले जे गर्न सक्छन् त्यसमा म डराउँदिन। उहाँको मप्रतिको वचनको लागि उहाँको स्तुति गर्छु।
म परमेश्वरको वचनलाई प्रशंसा गर्छु। म परमप्रभुको प्रशंसा गर्छु जसले उहाँको वचन म प्रति राख्नुभयो।
म दरिद्र र असहाय मानिस हुँ। हे परमप्रभु, दया गरि मेरो प्रार्थना सुन्नुहोस्, अनि उत्तर दिनुहोस्।
म सम्पूर्ण हृदयबाट परमेश्वरको सेवा गर्ने कोशिश गर्दछु। परमेश्वर, तपाईंका आदेशहरू पालन गर्नलाई मलाई साथ दिनुहोस्।
हे परमप्रभु, मलाई तपाईंका स्नेहपूर्ण करूणा तपाईंले कसम खाए जस्तै देखाउनु होस्, अनि मलाई बचाउनु होस्।
परमप्रभु, तपाईंले आफ्नो दासको लागि असल काम गर्नुभयो। तपाईंले वचन दिएकै अनुसार काम गर्नुभयो।
अब, तपाईंको स्नेहपूर्ण करूणाले मलाई सान्त्वना दिनुहोस्। तपाईंको प्रतिज्ञा बमोजिम मलाई सान्त्वना दिनुहोस्।
हे परमप्रभु, म मेरो सम्पूर्ण हृदयले तपाईंलाई डाक्दछु। मलाई जवाफ दिनुहोस्! म तपाईंको आज्ञाहरू पालन गर्छु।
परमप्रभु, मेरो प्रार्थना सुनी दिनुहोस्। तपाईंले वचन दिए झैं मलाई बचाउनु होस्।
हे परमेश्वर, तपाईंको पवित्र मन्दिर तर्फ म शिर झुकाँउछु। म तपाईंको नाउँको प्रशंसा गर्छु, तपाईंको स्नेहपूर्ण करूणा र विश्वासको प्रशंसा गर्छु। तपाईं आफ्नो वचनको शक्तिमा प्रख्यात हुनुहुन्छ। अहिले, तपाईंले यसलाई अझ महान् बनाउनुभयो!
तिनीहरू हृदयबाट मलाई बोलाउँदैनन, तर तिनीहरू आफ्नो ओछ्यानमा विलाप गर्दछन्। तिनीहरू अन्न र दाखरसका निम्ति भेला हुन्छन् तर तिनीहरू मदेखि टाडा भाग्छन्।
आकाश र पृथ्वी ध्वंस गरिनेछ, तर मैले बोलेका शब्दहरू कहिल्यै नाश हुनेछैनन्।:32-37;
शुद्ध जलले हाम्रा शरीर धोइएका छन्, हामी शुद्ध पारिएका छौं र अपराधबाट मुक्त बनाइएका छौं। यसकारण हामी चोखो ह्रदय लिएर आफ्ना विश्वासले ढुक्क भएर परमेश्वरको नजिक आउँछौ।