Home Bibles भजनसंग्रह 119:169 · नेपाली बाइबल
भजनसंग्रह 119:169 · नेपाली बाइबल

हे परमप्रभु, मेरो खुशीका गीतलाई सुन्नुहोस्। तपाईंले कसम खाए जस्तै मलाई बुद्धिमानी बनाउनु होस्।

Cross references

1 इतिहास 22:12

जसरी पनि परमप्रभुले तपाईंलाई ज्ञान र बुद्धि दिउन्। ताकि जब उहाँले तँलाई इस्राएल माथि अधिकार दिनु हुन्छ, तैले होसियारी साथ परमप्रभु तेरो परमेश्वरको आज्ञा पालन गर्ने छस्।

2 इतिहास 1:10

अब मलाई बुद्धि र ज्ञान दिनुहोस् जसमा कि म यी मानिसहरूलाई सही ढंङ्गले अगुवाइ गर्न सकूँ। कुनै व्यक्तिले पनि तपाईंको सहायता बिना यी तपाईंका महान मानिसहरूमाथि शासन गर्न सक्तैन।”

2 इतिहास 30:27

पूजाहारीहरू अनि लेवीहरू उभिए अनि मानिसहरूलाई आशीर्वाद दिनु भनी परमप्रभु सित प्रार्थना गरे। परमेश्वरले तिनीहरूका प्रार्थना सुनिदिनु भयो। तिनीहरूको प्रार्थना स्वर्गमा परमप्रभुको पवित्र मन्दिर सम्म पुग्यो।

भजनसंग्रह 18:6

म पासोमा फसें, मैले सहयोगको लागि परमप्रभुलाई बोलाएँ। हो, मैले परमेश्वरलाई बोलाएँ। परमेश्वर उहाँको मन्दिरमा हुनुहुन्थयो उहाँले मेरो स्वर सुन्नभयो। उहाँले मेरो विलापमा गोहारेको सुन्नुभयो।

भजनसंग्रह 119:34

मलाई बुझ्न सहायता गर्नु होस् अनि म तपाईंको व्यवस्था पालन गर्ने छु।

भजनसंग्रह 119:144

तपाईंको करार अनन्तको लागि असल छ। यसलाई समझशक्ति दिनुहोस् ताकि म बाँच्न सकुँ।

हितोपदेश 2:3

ज्ञानका निम्ति बोलाऊ अनि समझशक्ति पाउनलाई कराऊ।

दानियल 2:21

उहाँले नै समय परिवर्त्तन गर्नुहुन्छ उहाँले नै सालमा ऋतुहरू परिवर्त्तन गर्नुहुन्छ। उहाँले नै राजाहरू परिवर्त्तन गर्नुहुन्छ। उहाँले नै राजाहरूलाई शक्ति प्रदान गर्नुहुन्छ र उहाँले नै खोस्नुहुन्छ। उहाँले नै बुद्धि दिएर मानिसहरू बुद्धिमानी बन्छन् उहाँले मानिसहरूलाई ज्ञान दिनुहुन्छ अनि मानिसहरू ज्ञानी हुन्छन्।

याकूब 1:5

तर, तिमीहरू मध्ये कसैमा ज्ञानको कमी छ भने तिमीहरूले परमेश्वरसित माँग्नु पर्छ। परमेश्वरले सबै मानिसहरूलाई उदार चित्तले आनन्दसित दिनु हुनेछ। यसर्थ, परमेश्वरले तिमीहरूलाई ज्ञान दिनु हुनेछ।

Interlinear

Choose Theme