Home Bibles ☰ Books भजनसंग्रह 115:2 · नेपाली बाइबल
भजनसंग्रह 115:2 · नेपाली बाइबल

किन ती जातिहरू हाम्रा परमप्रभु कहाँ छन्? भनेर छक्क पर्दछन्?

Cross references

प्रस्थान 32:12

यदि तपाईंले तिनीहरूलाई ध्वंश पार्नु भयो भने, ‘मानिसहरूले सोच्ने छन् परमप्रभुले मानिसहरूलाई मिश्र बाहिर लगेको कारण तिनीहरूलाई पर्वतमाथि ध्वंश पार्न मात्र रहेछ।’ यसर्थ तपाईंका आफ्नै मानिसहरूसंग क्रोधित नहुनुहोस्। तपाईंको मन बदली गर्नुहोस् र तपाईंका मानिसहरूलाई नमार्नु होस्।

गन्ती 14:15

यसर्थ अहिले तपाईंले यी मानिसहरूलाई मार्नु हुँदैन। यदि तपाईंले मार्नु भयो भने तपाईंको शक्तिको बारेमा जान्ने सबै राष्ट्रहरूले भन्नेछन्,

व्यवस्था 32:26

मैले इस्राएलीहरूलाई नाश गर्ने विषयमा सोचें। यस कारण म मानिसहरूको बीचबाट तिनीहरूको सम्झना मेटिदिनेछु।

2 राजा 19:10

यहूदाका राजा हिजकियाह यो भन, परमेश्वर जसमाथि तिमीले भरोसा गर्छौ, “तिमीलाई धोका दिन्छ उसलाई यो गर्न नदेऊ उसले भन्छ अश्शूरका राजाले यरूशलेमलाई पराजित गर्ने छैनन्।”

भजनसंग्रह 42:3

मेरो शत्रुले निरन्तर मलाई ठट्यौली बनाएको छ। ऊ भन्छ, “तेरो परमेश्वर कहाँ छ? ऊ तिमीलाई बचाउन आउँछ?” म, उदास र दुःखी भएँ। आँसु मेरो रात दिनको खाद्य बनिएको छ जो मेरो आँखाबाट झर्छ।

भजनसंग्रह 42:4

जब म मन्दिरमा बिताएका सुन्दर क्षणहरू सम्झने गर्छु मेरो हृदय र्चकिएर आउँछ। तिनीहरू सबैलाई भीड-भाडबाट छिराउँदै परमेश्वरको मन्दिरतिर लगेको सम्झन्छु। ती घुइँचोहरूमा मनाइरहेका उत्सवहरूमा स्तुति-गान खुशीसँग गाएको सम्झन्छु।

भजनसंग्रह 42:10

मेरा शत्रुले लगातार मेरो अपमान गर्दछ र मार्ने तरिकाले प्रहार गर्दछ अनि मलाई सोध्दछ, “तेरो परमेश्वर कहाँ छ? के तँलाई बचाउन अहिलेसम्म आएको छैन?”

भजनसंग्रह 42:11

मैले यति उदास किन हुन पर्छ? किन मैले यति विरक्तिनु पर्छ? मैले परमेश्वरको सहायताको निम्ति अपेक्षा गर्नु पर्छ। म फेरि उहाँको प्रशंसा गर्ने मौका अझै पाउनेछु। उहाँले मेरो रक्षा गर्नु हुनेछ!

भजनसंग्रह 79:10

अन्य सम्प्रदायरूले हामीलाई यसो नभनोस्, “तिम्रो परमेश्वर कहाँ छ? के उसले तिमीहरूलाई सहायता गर्न सक्तैन?” परमेश्वरले ती मानिसहरूलाई दण्ड दिन्छन्, यसकारण हामी त्यो हेर्न चाहन्छौं। तिनीहरूलाई दण्ड दिनुहोस् जसले तपाईंको दासहरू मारी दिए।

योएल 2:17

पूजाहारीहरु, परमप्रभुका सेवकहरु मन्दिरको दलान वेदीको बिचमा रहुन्। तिनीहरुले भनुन्, “हे परमप्रभु तपाईका मानिहरुलाई दया देखाउनुहोस्। तुपाईंका मानिसलाई लज्जित हुन नदिनु होस्। तिनीहरुलाई राष्ट्रहरुको बिचमा हाँसोको पात्र नबनाउनु होस्। तपाँईंले अन्य देशहरुलाई हाँस्दै भन्ने अवसर नदिनुहोस्, तिनीहरुका परमेश्वर कहाँ हुनुहुन्छ?”

Interlinear

Choose Theme