परमेश्वरका आज्ञाहरू अनन्तसम्म रहनेछन्। ती आज्ञाहरू तिनीहरूलाई दिनुको कारण परमेश्वर इमान्दार र शुद्ध हुनुहुन्छ।
Cross references
परमप्रभुको उपासना एउटा ज्योति जस्तै हो जसले अनन्त चम्किलो उज्यालो पार्छ। परमप्रभुको न्यायहरू उचित र निष्कपट छन्। तिनीहरू सम्पूर्ण ठीक छन्।
हे परमप्रभु, तपाईंका वचनहरू सदा-सर्वदा रहनेछन्। तपाईंका वचनहरू स्वर्गमा पनि अनन्त रहनेछन्।
हे परमप्रभु, म खाटी सुन भन्दा पनि तपाईंको आज्ञाहरू मन पराउँछु।
घाँस मर्दछ र जङ्गली फूलहरू झर्दछ। तर हाम्रो परमेश्वरको वचन निरन्तर रहिरहन्छ।”
म साँचो भन्दछु, जबसम्म स्वर्ग र पृथ्वी बितेर जाँदैन, व्यवस्थाको हरेक कुरा पूरा हुनेछ सबै कुरा पूरा नहोउञ्जेल कुनै किसिमले व्यवस्थाबाट एउटा मात्रा वा एउटा बिन्दु पनि हटाइने छैन।
यसकारण हामीले विश्वासको बाटोमा लागेर व्यवस्था नष्ट गरिदिनु? होइन! विश्वासले हामीलाई त्यही बनाउँछ जुन व्यवस्थाले चाहन्छ।
तब त्यसैले व्यवस्था नै पवित्र हो, अनि आज्ञा पनि पवित्र, धार्मिक र राम्रो हो।
तिनीहरुले परमेश्वरको सेवक मोशा अनि परमेश्वरको थुमाको गीत गाए।“परमप्रभु-परमेश्वर, सर्वशक्तिमान्, तपाईंले जे गर्नु हुन्छ, महान् अनि आश्चर्यपूर्ण छन्। राष्ट्रहरुका राजा, तपाईंका विचार सबै सही अनि सत्य छन्।