Home Bibles भजनसंग्रह 109:7 · नेपाली बाइबल
भजनसंग्रह 109:7 · नेपाली बाइबल

न्यायकर्त्ताले मेरो शत्रु गल्लीमा छन् भनेर निर्णय दिओस् अनि उसलाई दोषी प्रमाण गरोस्। मेरो शत्रुले भनेका सबै कुराहरू उनीहरूमाथि नै परोस्।

Cross references

2 शमूएल 15:7

चार वर्षपछि, अब्शालोमले राजा दाऊदलाई भने, “दया गरी मलाई मैले हेब्रोनको परमप्रभुलाई गरेको प्रतिज्ञा पूरा गर्न जान दिनुहोस्।

हितोपदेश 15:8

एउटा अन्यायी मानिसले चढाएको बलिदानलाई परमप्रभुले घृणा गर्नु हुन्छ तर ईमान्दारीसित व्यवहार गर्ने मानिसको प्रार्थनासित उहाँ खुशी हुनुहुन्छ।

हितोपदेश 21:27

दुष्ट मानिसले चढाएको बलिदान त्यसै पनि परमेश्वरले घृणा गर्नु हुन्छ, त्यसमाथि पनि दष्ट अभिप्रायले चढाएको त झन घृणित हुन जान्छ।

हितोपदेश 28:9

यदि कसैले परमप्रभुको अनुशासन ग्रहण गर्न अस्वीकार गर्छ परमेश्वरले पनि उसको प्रार्थना सुन्न अस्वीकार गर्नु हुन्छ।

यशैया 1:15

“तिमीहरू मलाई प्रार्थना गर्न आफ्ना हातहरू उचाल्ने छौ, तर म तिमीहरू तर्फ हेर्न पनि अस्वीकार गर्नेछु। तिमीहरू धेरै भन्दा धेरै प्रार्थनाहरू गर्नेछौ, तर म सुन्नलाई अस्वीकार गर्नेछु। किन? किनभने तिमीहरूका हातहरू रगतले मुछिएका छन्।

यशैया 66:3

कतिपय मानिसहरूले बलिदानको नाउँमा साँढेहरू मार्छन्। तर तिनीहरूले मानिसहरूलाई पनि कुटछन्। ती मानिसहरूले बलिदानको नाउँमा थुमाहरू मार्दछन् तर तिनीहरूले कुकुरहरूको घाँटी भाँच्दछन्। ती मानिसहरूले धानहरू पनि अर्पण गर्दछन्। तर तिनीहरूले साथ साथै सुँगुरको रगतहरू चडाउँछन्। ती मानिसहरू धूपहरू जलाउँदछन् तर तिनीहरूले निरर्थक मूर्तिहरू पनि पूज्दछन्। ती मानिसहरू आफूले रोजेका बाटाहरू हिँड्छन् साथै डरलाग्दो मूर्तिहरू पनि मन पराउँछन्।

मत्ती 23:13

“शास्त्रीहरू र फरिसीहरूका निम्ति यो अति नराम्रो हुनेछ। तिमीहरू कपटीहरू हौ। तिमीहरू स्वर्गको राज्यमा प्रेवश गर्न चाहने मानिसहरूको ढोका थुन्छौ।

रोमी 3:19

हामी जान्दछौं कि व्यवस्थाले भने झैं, त्यो व्यवस्थाकै अधीनमा हुनेहरूलाई हो। यसले सारा मानवीय बहानाहरूको अन्त गर्नेछ सम्पूर्ण संसारलाई परमेश्वरको न्यायको अधीनमा ल्याउने छ।

गलाती 3:10

तर व्यवस्था पछ्याउनमा भर पर्नेहरूले श्राप पाए किनभने शास्त्रले भन्छः “व्यवस्थामा लेखिएका सबै कुरा प्रत्येकले मान्नै पर्छ। जसले मान्दैन उमाथि सराप पर्छ।”

Interlinear

Choose Theme