Home Bibles ☰ Books भजनसंग्रह 109:11 · नेपाली बाइबल
भजनसंग्रह 109:11 · नेपाली बाइबल

मानिसहरूले मेरो शत्रुको पैसा-रूपियाँ, जे-जति सम्पत्तिहरू छन सबै लगिदिवोस्। परदेशीहरूले उनले गर्ने काम सबै लैजाऊन्।

Cross references

व्यवस्था 28:29

“तिमीहरू दिउँसै बाटोमा अन्धा झैं हिड्नेछौ। तिमीहरूले गरेको प्रत्येक कुरोमा असफलता मात्र हात लाग्नेछ। घरि-घरि मानिसहरूले तिमीहरूलाई कष्ट दिइरहने छन्, तिमीहरूको वस्तुहरू चोरी भइरहनेछ तर तिमीहरूलाई बचाँउने कोही हुनेछैन।

व्यवस्था 28:33

“तिमीहरूको सम्पूर्ण मेहनत र अन्नहरू एउटा अपरिचित जातिले लैजानेछ। तिमीहरूसित मानिसहरूले गाली र नराम्रो व्यवहार मात्र गर्नेछन्।

व्यवस्था 28:50

तिनीहरू निष्ठुर हुनेछन्, बूढापाकाको आदर गर्दैनन अनि ससाना नानीहरूप्रति दया देखाउँदैनन्।

न्यायकर्ता 6:3

तिनीहरूले त्यसो गरे किनभने पूर्वबाट मिद्यानी अनि अमालेकी मानिसहरू आएर तिनीहरूका बालीहरू सदैव नष्ट गरिदिन्थे।

अय्यूब 5:5

भोका मानिसहरूले उसको सबै अन्नहरू खाइदिए, ती भोका मानिसहरूले काँढाहरू माझ उम्रेका सबै अन्नहरूसम्म उसको लगिदिए तिनीहरूमा जे जति थिए लोभी मानिसहरूले सबै लगिदिए।

अय्यूब 18:9

पासोले उसको एढी पक्रने छ। पासोले उसलाई कस्सेर समात्ने छ।

अय्यूब 20:18

दुष्ट मानिसलाई उसले कमाएको नाफा जति फर्काई दिनलाई वाध्य गराईन्छ। उसले गरेको कामहरूमाथि उसलाई खुशी हुने अधिकार दिंइदैन्।

Interlinear

Choose Theme