कसले मलाई शत्रुहरूको किल्लातिर लैजाने हो? कसले मलाई एदोमको विरूद्ध लडाइँ गर्न लैजाने हो?
Cross references
अब म जान्दछु आफूले रोजेका राजालाई परमप्रभुले सहयोग गर्नुहुन्छ! परमेश्वर आफ्नो पवित्र स्वर्गमा हुनुहुन्छ अनि आफूले रोजेका राजालाई जवाफ दिनुहुन्छ। परमेश्वरले बचाउन आफ्नो महान् शक्ति चलाउनु हुन्छ।
हे परमेश्वर, तपाईं हामीसित क्रोधित हुनुहुन्थयो। तपाईंले हामीलाई त्याग्नु भयो र ध्वंश पार्नु भयो। दया गरेर हामीलाई पुनः त्यस्तै राम्रो बनाई दिनोस्।
एदोमबाट को आइरहेछ? उ बोज्राबाट आउँदछ। अनि उसको पोशाकहरूमा चहकिलो रातो रंगका दागहरू छन्। उसको तेजस्वी उसकै पोशाकहरूमा छ। ऊ पराक्रमी स्वरूप महान शक्तिसँग आइरहेछ। उसले भन्दछ, “तिमीहरूलाई बचाउने मसँग शक्ति छ। अनि म सत्य बोल्छु।”
यो सन्देश एदोनसित सम्बन्धित छ। सेनाहरूका परमप्रभु भन्नुहुन्छ “के तेमानमा केही ज्ञान बाँचेको छैन? के मानिसहरूको विवेकबाट परार्मश नष्ट भएर गयो? के तिनीहरूले आफ्नो विवेक हराए?
तिम्रो आफ्नो घमण्डले तिमीलाई धोका दिएकोछ। तिमी अग्लो पहडहरूको गुफामाहरू बस्नेछौ। तिम्रो घर पहाको अग्लाईमा छ र तिमी आफ्नो मनमा भन्छौ कि ‘मलाई कसैले पनि तल जमीनमा खसाल्न सक्तैंन।’”