Home Bibles ☰ Books भजनसंग्रह 107:41 · नेपाली बाइबल
भजनसंग्रह 107:41 · नेपाली बाइबल

त्यसपछि परमेश्वरले ती गरीब मानिसहरूलाई तिनीहरूको दुःखबाट मुक्ति दिनुभयो। अनि तिनीहरूका परिवारहरू भेडाका बथानहरू जस्ता विशाल हुँदै गए।

Cross references

उत्पत्ति 23:5

ती हित्ती मानिसहरूले अब्राहामलाई उत्तर दिए,

उत्पत्ति 48:11

तब इस्राएलले यूसुफलाई भने, “म तँलाई हेर्न पाउँछु भनी कहिल्यै सोचेको थिइन, तर हेर, परमेश्वरले तँ र तेरा छोराहरूसमेत मलाई भेटगराउँनु भयो।”

रूथ 4:14

शहरका स्त्रीहरूले नाओमीलाई भनेः“परमप्रभु हुनुहुन्छ जसले तिमीलाई यो नानी दिनुभयो वहाँ प्रति कृतज्ञ होऊ। ऊ इस्राएलमा प्रसिद्ध होस्।

1 शमूएल 2:8

परमप्रभुले कंगालहरूलाई धूलोबाट उठाउँनुहुन्छ, अनि दुःख हटाई दिनुहुन्छ। परमप्रभुले कंगालीहरूलाई राजा संग-संगै बसाउनुहुन्छ। परमप्रभुले कंगालीहरूलाई सम्मानको सिंहासनमा राख्नुहुन्छ। परमप्रभु उनी हुन जसले संसारको जग बसाल्नु भयो अनि त्यसमाथि संसार बनाउनु भयो।

1 शमूएल 2:21

परमप्रभुको निगाह हन्ना माथि थियो। तिनले छोरा र दुइ छोरी जन्माइन्। शमूएल भने परमप्रभुको सामुन्ने बढ्न थाल्यो।एलीले दुष्ट छोराहरूलाई तह लगाउन सकेनन्

एस्तर 8:15

मोर्दकैले नीलो अनि सेतो वस्त्रले बनाएको राजवस्त्र, पहिरेर, एक विशाल सुनौला मुकुट र सेतो सूतीवस्त्र अनि बैजनि वस्त्र पहिरेर मोर्दकै राजाको उपस्थिबाट गए। अनि शूशन शहरका मानिस कराए र खुशी मनाए।

अय्यूब 5:11

परमेश्वरले नम्र मानिसलाई माथि उठाउनु हुन्छ, अनि उहाँले दुःखी मानिसलाई सुरक्षित राख्नु हुन्छ।

अय्यूब 8:7

तब तिमीसंग पहिले जति थियो त्यो भन्दा अझ ज्यादा हुनेछ।

अय्यूब 11:15

तब तिमी आफ्नो निर्दोष अनुहारले परमेश्वरलाई हेर्न सक्नेछौ। तिमी उठ दरिलो होऊ अनि भयभीत नहोऊ।

अय्यूब 21:11

दुष्टहरूले आफ्नो नानीहरूलाई भेडाका पाठाहरू जस्तै बाहिर खेल्न दिन्छन। तिनीहरूका नानीहरू वरिपरि नाच्छन्।

अय्यूब 36:15

तर परमेश्वरले मानिसहरूलाई उहाँमाथि ध्यान दिओस् भनी चेतना दिनको लागि कष्ट दिनुहुन्छ। उहाँले तिनीहरूको कष्ट निवारण गरिदिनु हुन्छ।

अय्यूब 42:10

अय्यूबले आफ्ना मित्रहरूको लागि प्रार्थना गरे। अनि परमप्रभुले अय्यूबलाई फेरि सफल पार्नुभयो। परमेश्वरले उससँग भएको भन्दा दुइगुणा ज्यादा अय्यूबलाई दिनुभयो।

अय्यूब 42:16

यसकारण अय्यूब अझ एक सय चालीस र्बषसम्म बाँचे। उनले आफ्ना नानीहरू, नाति-नातिनीहरू, पनाति-पनातुनीहरु, खनाति-खनातिनीहरु सबै हेर्न पाए।

भजनसंग्रह 78:52

त्यसपछि परमेश्वरले इस्राएललाई भेडावालाले झैं डोर्याउनु भयो। उहाँले तिनीहरूलाई मरूभूमिमा भडा झैं डोर्याउनु भयो।

Interlinear

Choose Theme