भजनसंग्रह 107:26 · नेपाली बाइबल
ती छालहरूले तिनीहरूलाई उठाएर आकाशमा पुर्याए अनि गहिरो समुद्रमा झारिदिए। तूफान एकदम भयंकर थियो ती मानिसहरूको साहस हराएर गयो।
Cross references
2 शमूएल 17:10
तब सिंह जस्ता सहासी मानिसहरू पनि डराउने छन। किनभने? इस्राएलका सबै मानिसहरूलाई थाहै छ कि तपाईंका पिता बलिया लडाकु हुन, अनि उनका मानिसहरू धेरै साहसी छन्।
भजनसंग्रह 22:14
मेरो शक्ति क्षीण भएको छ जसरी जमीनमा पानी पोखिन्छन्। मेरा जम्मै हाडहरू अलग भइसकेको छन्। मेरो आँट हराई सक्यो!
भजनसंग्रह 119:28
म दुःखीत र थकित छु। आज्ञा दिनुहोस् अनि मलाई फेरि बलियो बनाई दिनुहोस्।
यशैया 13:7
मानिसहरूले आफ्नो हिम्मत हार्नेछन् र मानिसहरूलाई डरले कमजोर बनाउने छ।
नहूम 2:10
अब निनवे रित्तियो। प्रत्येक चिज चोरियो। शहरको बिनाशभयो। मानिसहरुको साहस हरायो तिनीहरुको हृदय डरले गलेकोछ। तिनीहरुको घुँडाहरु काम्दैछन्, तिनीहरुको शरीर काम्छ, तिनीहरुको अनुहार डरले पहेंलो भएकाछन्।