त्यसपछि तिनीहरूको देशमा परमेश्वरले पहिलो जन्मेका प्रत्येक पुत्रलाई मारिदिनु भयो। परमेश्वरले प्रत्येक पुरूषको शक्ति प्रमाणलाई नष्ट पार्नु भयो।
Cross references
“रूबेन तँ मेरो जेठो छोरो होस्, तँ मेरो जेठो छोरो साथै मेरो शक्तिको पहिलो प्रमाण होस्। तँमेरा छोराहरू मध्ये सबै भन्दा गौरव शालि अनि शक्तिशाली हुन्छस्।
परमप्रभु भन्नुहुन्छ, “इस्राएल मेरो जेठो छोरा हो। अनि जान देऊ र मेरा उपासना गर्न देऊ, नत्र भने उहाँले तिमीहरूको जेठो छोरो मारिदिनु हुनेछ।”‘
मोशाले मानिसहरूलाई भने, “परमप्रभु भन्नुहुन्छ, ‘आज मध्य-रातमा म मिश्र भएर जानेछु,
“आज राती म मिश्रभित्र पस्नेछु अनि पहिले जन्मेका मानिसहरू र पशुहरूलाई नष्ट गर्नेछु। यस प्रकारले म मिश्रका सबै देवताहरूको न्याय गर्नेछु, म परमप्रभु हुँ।
मध्यरातमा मिश्र देशीहरूका पहिले जन्मेका सबै छोराहरू, मिश्रका शासक फिरऊनको पहिलो छोरो देखि झ्यालखानामा सजाय भोग्दै गरेको कैदीको छोरोसम्मलाई मार्नुभयो। पशुहरूमा पनि पहिले जन्मेका सबै मार्नु भयो।
परमेश्वरले हाम्रो प्रथम जन्मने सन्तानलाई मार्नु भयो। उहाँले हाम्रो पहिले जन्मने सन्तानलाई मार्नभयो।
परमप्रभुले प्रथम जन्मिएका सारा पुरूषहरू अनि मिश्रमा प्रथम जन्मिएका सारा पशुहरू नाश गर्नुभयो।
परमेश्वरले मिश्रमा सबै भन्दा पहिला जन्मेका पुरूषहरू र पशुहरू मार्नु भयो। उहाँको स्नेहपूर्ण करूणआ अनन्तसम्म रहनेछ।
उनले निस्तार-चाडको भोज तयार गरे अनि मृत्यु दूतलाई यहूदीहरूका जेठा छोराहरू मार्नबाट रोक्न उनले दैलामाथि रगत छर्के। यो उनले विश्वासले गरे।