परमेश्वरले बर्षालाई असिनामा परिवर्तन गर्नुभयो। बिजुलीको प्रहार तिनीहरूको देशभरि फ्याँकियो।
Cross references
यसर्थ भोलि यही समयमा अत्यन्तै नराम्रो असिना पार्नेछु। यस प्रकारको असिना मिश्र एउटा राष्ट्र बनिएदेखि कहिल्यै परेको थिएन।
असिना परिरहेको थियो र संग-संगै बिजुली पनि चम्किरहेको थियो। मिश्र एउटा राष्ट्र भए पछि सब भन्दा बढी असिना परेको यही थियो।
परमेश्वरले तिनीहरूको अङ्गुरहरू असिनाद्वारा नष्ट गराउनु भयो। अनि हिम वर्षाद्वारा तिनीहरूको राम्रो अङ्गुरको झ्याँङ्गहरू नष्टपार्नु भयो।
पहिलो स्वर्गदूतले तुरही बजाए। तब रगत मिसिएको असिना अनि आगो पृथ्वीमा झर्यो अनि पृथ्वीको एक-तिहाइ अंश अनि सबै हरिया घाँसहरु अनि एक-तिहाइ रुखहरु जले।
त्यसपछि स्वर्गमा परमेश्वरको मन्दिर खोलियो। त्यो पवित्र सन्दूक जसमा परमेश्वरले उनका मानिसहरुलाई दिएको करार थियो, उनको मन्दिरमा देख्न सकिन्थ्यो। तब त्यहाँ बिजुली जम्क्यो, हल्ला भयो, गर्जन भयो, भूँईचालो आयो अनि धेरै असीना पर्यो।
ठूल-ठूला असिना आकाशबाट मानिसहरुमाथि झर्यो। यी असिनाहरु प्रत्येकको ओजन लगभग एक सय पाउण्ड थियो। मानिसहरुले परमेश्वरलाई यो असिनाबाट पाएको कष्टको कारणले सरापे। यो कष्ट एक भयानक कष्ट थियो।