यदि सबै धर्मी मानिसहरू अदालतको मुद्दा निर्णय गर्न भेला हुन्छन् तब दुष्ट मानिसहरू दोषी प्रमाणित हुनेछन। ती पापीहरूलाई निर्दोष भनेर न्याय गरिने छैन।
Cross references
मूर्खहरू तपाईंको नजिकै आउन सक्तैनन्। तपाईंले अधर्मी काम गर्नेहरूलाई घृणा गर्नुहुन्छ।
तर परमप्रभुले सदा सर्वदा राज्य गर्नुहुन्छ, परमप्रभुले आफ्नो साम्राज्य दरिलो बनाउनु भएको छ। परमप्रभुले यस पृथ्वीमा भएका सबै मानिसहरूको ठीक न्याय गर्नुहुन्छ।
परमप्रभुले ती दुष्ट मानिसहरूलाई समाउनु हुनेछ, यसकारण मानिसहरूले अधर्म काम गर्दा परमप्रभुबाट दण्ड पाइन्छ भनेर ज्ञान पाउनेछन्।
परमप्रभुको पर्वतमाथि को जान सक्छ? उठेर परमप्रभुको पवित्र मन्दिरमा उपासना गर्न को सक्छ?
हे परमप्रभु, मलाई पापीहरूसित सजाय नदिनुहोस्। ती हत्याराहरू सँगै मलाई नमार्नुहोस्।
मानिसहरू मकहाँ फर्केर आऊ अनि राम्रो र नराम्रो कामको बारेमा सम्झ। तिमीहरूले परमेशवरका भक्त र अन्य मानिसहरू बिचको अन्तर सम्झ।
जगतको अन्त्यमा पनि यस्तै हुनेछ। स्वर्गदूतहरू आइपुग्ने छन् अनि राम्रा मानिसहरूबाट नराम्रा मानिसहरूलाई अलग गर्नेछन्।
उहाँको अधि संसारभरका सबै मानिसहरू भेला हुनेछ्। अनि मानिसको पुत्रले ती मानिसहरूलाई दुइ अलग अलग दलमा बाँडनु हुनेछ। यो भेडा र बाख्राहरूलाई अलग दलमा पारे जस्तै हुनेछ।
“त्यसपछि आफ्नो देब्रेपट्टि बसेका मानिसहरूलाई राजाले भन्नेछन्, ‘मदेखि दूर भई जाओ। परमेश्वरले अधिनै तिमीहरूलाई दण्ड दिने निश्चय गर्नु भएको छ। जाऊ सँधै जलिरहने आगोमा पस। त्यो आगो दुष्टहरू र तिनीका दूतहरूकालागि बालिएको हो।
त्यसपछि ती दुष्ट मानिसहरू सदा-सर्वदा दण्डित हुनको निम्ति जाने छन्। तर असल मानिसहरू चाँहिअनन्त जीवन 2प्राप्त गर्न जानेछन्।”
यसर्थ, हर समय तयार बस। प्रार्थना गर जसद्वारा तिमी ती आई पर्ने संकटबाट बाँच्न सक्नेछौ। प्रार्थना गर ताकि तिमीहरू मानिसको पुत्र अघि खडा हुन सक्नेछौ।”
प्रभुले हरेक मानिसको न्याय गर्नु हुनेछ। प्रभु सबै मानिसहरुको न्याय गर्न अनि जो परमेश्वरका विरुद्ध छन्, तिनीहरुलाई दण्ड दिन आउँनु हुँदैछ। परमेश्वरले तिनीहरुले गरेको परमेश्वर विरोधी जम्मै कुराहरुको निम्ति तिनीहरु सबैलाई दण्ड दिनुहुनेछ। उहाँले यी पापीहरुलाई, जो परमेश्वरका विरुद्धमा जति कर्णकदु कुरा गरे ती सबैको निम्ति दण्ड दिनु हुनेछ।”