धार्मिक मानिसले परमप्रभुको शिक्षा मन पराउँदछ। ऊ परमप्रभुको शिक्षाहरूको विषयमा रात-दिन सोचिरहन्छ।
Cross references
एक साँझ इसहाक मैदानमा घूमि रहेको थियो। इसहाकले आँखा उठाएर हेर्यो अनि टाडोमा ऊँटहरू आउँदै गरेको देख्यो।
त्यस व्यवस्थाको पुस्तकमा लेखिएका कुराहरू सदैव याद राख। दिन-रात त्यस पुस्तकको अध्यान गर। तब तँ त्यसमा लेखिएका कुराहरू पालन गर्न निश्चित हुने छस्। यदि तैंले यसो गरिस् भने तँ ज्ञानी बन्ने छस् अनि तैंलेजे कुरा गर्छस् त्यसमा सफल हुने छस्।
किनकि एज्राले स्वयंलाई परमप्रभुको शिक्षको अध्यायन गर्नमा अनि त्यसलाई व्यवहारमा परिणत गर्नमा इस्राएलमा त्यसका सम्बन्धि अध्यादेशहरू अनि कानून सिकाउनमा आफूलाई समर्पण गरेका थिए।
मैले सँधै परमेश्वरको आज्ञाको पालन गरे। परमेश्वरले भन्नु भएका वचनहरू मैले मेरो हृदयमा संचय गरिराखेको छु।
हे मेरो परमेश्वर, तपाईं जे चाहनु हुन्छ म त्यही अनुरूप गर्दछु। म तपाईंको व्यवस्था जान्दछु।
हे परमप्रभु, परमेश्वर, तपाईं मेरो रक्षक हुनुहुन्छ, रातदिन म तपाईंलाई प्रार्थना गरिरहेकोछु।
भरोसा छ मेरो यी शब्दहरूले उहाँलाई खुशी पार्नेछ। म परमप्रभुसित खुशी छु।
परमप्रभुको प्रशंसा गर! कुनै मानिसले परमेश्वरको डर र आदर राख्दछ। उ सुखी हुनेछ। त्यस मानिसले परमेश्वरका आज्ञाहरू मन पराउँदछ।
शुद्ध जीवन जिउने मानिसहरू खुशी हुन्छन्। ती मानिसहरूले परमप्रभुको उपदेशहरू पछ्याउँदछ।
मैले तपाईंको उपदेशहरू होशियारी साथ कण्ठस्थ गरें। किन? किनभने तपाईंको विरूद्धमा म पाप नगरूँ।
म तपाईंको विधि विषयमा चर्चा गर्नेछु। म तपाईंको जिउने पथको अनुसरण गर्नेछु।
हे परमप्रभु, तपाईंको आज्ञाहरूसँग मलाई बाटो देखाउनु होस्। म साँचो रूपले त्यो जीवन शैली अपनाउने छु।
म तपाईंको आज्ञाहरू मनन गर्दा आनन्दित हुन्छु, परमप्रभु। म ती आज्ञाहरू मन पराउँछु।
हे परमप्रभु, तपाईंका उपदेशहरू मेरो लागि असल छन्। तिनीहरू एक हजार टुक्रा चाँदी र सुनहरूभन्दा उत्तम छ।
यदि तपाईंको शिक्षाहरूमा मैले आनन्द नलिएको भए, मेरो पीडाहरूले मलाई ध्वंश पार्ने थियो।
हे परमप्रभु! म तपाईंका व्यवस्थालाई माया गर्छु। म त्यसको विषयमा सदाकाल भन्ने गर्छु।
तपाईंको सन्देश मकहाँ आयो। हे सेनाहरूका परमप्रभु तपाईंको सन्देशले मलाई अत्यन्त आनन्द तुल्यायो। तपाईंको नाउँमा मलाई बोलाइँदा म खुशी भएँ।
त्यसपछि तिनको लोग्ने मरेको थियो अनि तिनी विधवा भएकी थिइन् औ अहिले तिनी चौरासी र्वष पुगेकी थिइन्। हन्ना सधैं मन्दिर रहन्थि। उनी कहीं जाँदिन थिइन्। रात दिन उपावस र प्रार्थना गर्दै मन्दिरमा परमेश्वरको आराधाना र्गथिन्।
रके परमेश्वरले छानेका मानिसहरूलाई न्याय दिनुहुदैन्? तिनीहरू रात-दिन उहाँसंग कराउँछन्। परमेश्वरले आफ्नो मानिसहरूलाई भन्नुहुन्छ, परमेश्वरले आफ्नो मानिसहरूलाई ठिक न्याय दिनु हुनेछ। उहाँ उनीहरुलाई उत्तर दिनु ढिलाई गर्नु हुन्न।
भित्रीरूपले म परमेश्वरको व्यवस्थासँग खुशी छु।
दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, सायद तिमीहरूलाई थाहा होला हामीले कति परिश्रम गयौं। हामीले परमेश्वरको सुसमाचार प्रचार गर्दा दिन रात काम गर्यौ, किनभने हामी तिमीहरूमाथि भार हुन खोजेनौं।
यी कुराहरू प्रति विचार गरिरहु, ती कुराहरू गर्नमा तिम्रो जीवन समपर्ण गर। तब हरेक व्यक्तिले तिम्रो उन्नति देख्न सक्नेछन्।
दिन अनि रात आफ्नो प्रार्थनामा म तिमीलाई संझन्छु। मेरा प्रार्थनाहरूमा म तिम्रोलागि परमेश्वरलाई धन्यवाद चढाउँछु। मेरा पुर्खाहरूले सेवा गरेका परमेश्वर उहाँ नै हुनुहुन्छ। जुन कुरो गर्नु उचित हो भन्ने म ठान्छु, तिनै कुराहरू गरेर म सदैव उहाँको सेवा गर्छु।
परमेश्वरलाई प्रेम गर्नुको अर्थ उनको आदेशहरु पालन गर्नु हो। अनि परमेश्वरका आदेशहरु हाम्रा निम्ति त्यति कठिन हुँदैन।