उसले तिम्रो शिरमाथि महिमाको माला लगाई दिन्छ अनि तिमीलाई महिमामय शिरपेचले सुगोभित पार्छे।
Cross references
तँलाई पुरस्कृत गर्नका लागि तैंले नमागेको कुराहरू पनि म तँलाई दिनेछु। तेरो सम्पूर्ण जीवनमा सम्पत्ति र सम्मान प्राप्त हुनेछ। संसारमा तँ जस्तो महान् अरू राजा हुने छैन।
तिम्रा आमा बाबुले तिमीलाई सिकाएका शिक्षाहरू कुनै मानिसलाई सुहाउँदो मुकुट अथवा सबैलाई अझ शोभायमान गराउने सुनको हार झैं हुन्।
ज्ञान र समझ-शक्तिले तिमीलाई जीवन दिनेछन र यसले तिम्रो जीवन सुन्दर पार्नेछ।
अज्ञानीले मूर्खता प्राप्त गर्नेछ, तर विवेकी मानिसहरूलाई ज्ञानको मुकुट लगाई दिइनेछ।
फूलेको केश इमान्दार जीवन जीउने मानिसहरूको गरीमाको मुकुट हुन्छ।
त्यस समयमा उहाँ आफ्ना छोडिएका मानिसहरूका निम्ति सेनाहरूका परमप्रभु “सुन्दर मुकुट” हुनुहुने छ। “छक्क पर्दो फूलहरूको मुकुट” हुनुहुनेछ।
स्त्रीहरूले पनि ठीकसित वस्त्र पहिरिऊन् भन्ने म चाहन्छु। उनीहरूले स्वयंलाई उपयुक्त अनि सामान्य बस्त्रले सजाउनु पर्छ, चुल्ठा बाटेर, सुन वा मोती झल्काएर वा बहुमूल्य बस्त्र पहिरेर होइन।
छोटो अवधिका निम्ति तपाईंले उसलाई स्वर्गदूतहरू भन्दा निम्न बनाउनुभयो तपाईंले उहाँलाई आदर र महिमाको मुकुट लगाई दिनुभयो।
अहँ, तिमीहरुको सुन्दरता तिमीहरुको भित्रबाट आउनु पर्छ। त्यो नम्र अनि शान्त आत्माको सुन्दरता हो। त्यो सुन्दरता कहिले पनि धमिलिँदैन। यो परमेश्वर अघि अत्यन्तै मूल्यवान हो।
तब, जब मुख्य गोठाला आउनु हुन्छ तिमीहरुले महिमाको मुकुट प्राप्त गर्नेछौ। अनि त्यसले आफ्नो सुन्दरता कहिलै हराउने छैन।
“म हरेक मानिसलाई, जसले विज. प्राप्त गर्छ, मेरो सिंहासनमा मसित बस्न अधिकार दिनेछु। त्यसरी मैले विजय प्राप्त गरें अनि म उनीसित उनको सिंहासनमा बसे.