Home Bibles हितोपदेश 31:3 · नेपाली बाइबल
हितोपदेश 31:3 · नेपाली बाइबल

स्त्रीहरूमाथि आफ्नो शक्ति खेर नफाल। स्त्रीहरूले राजालाई नष्ट पार्छन् यसर्थ तिनीहरू माथि आफैंलाई नहोम।

Cross references

व्यवस्था 17:17

राजाले धेरै पत्नीहरू राख्नु हुँदैन, किनभने त्यसले गर्दा उनी परमप्रभुबाटा पर सर्ने छन्। अनि राजाले धेरै सुन र चाँदी राख्नु हुँदैन।

1 राजा 11:1

राजा सुलेमान आइमाईहरूलाई माया गर्दथे। इस्राएल राष्ट्रका नभएतापनि उनी धेरै आइमाईहरूलाई माया गर्दथे। तिनीहरूमा फिरऊन की छोरी, हित्ती आइमाईहरू अनि मोआब, अम्मोन, एदोम र सीदोनका आइमाईहरू थिए।

नहेम्याह 13:26

तिमीहरूलाई थाहा छ, त्यस्तो विवाह गरेर सुलेमान पापमा फँसे। सबै राज्यहरूमा सुलेमान जस्तो ठूलो राजा कोही पनि थिएन। परमेश्वरले सुलेमानलाई माया गर्नुभयो र परमेश्वरले उहाँलाई इस्राएल देशको राजा बनाउँनु भयो। तर विदेशी स्त्रीहरूले वहाँलाई परमेश्वरको विरूद्ध पाप गर्न लगाए।

हितोपदेश 5:9

नत्र आफ्नो सर्वोत्तम शक्ति अर्कालाई दिनेछौ, अनि त्यस द्वारा तिम्रो सम्पूर्ण जीवनको प्राप्तिहरू निष्ठूर एउटा दुष्ट मानिसको हातहरूमा राख्ने छौ।

हितोपदेश 7:26

त्यसले धैरे शिकारलाई लडाएकी छे, त्यसले अनगन्ती मानिसहरूलाई मारेकी छे।

होशे 4:11

“व्यभिचार, नयाँ दाखरस र दासत्वले कुनै पनि मानिसको राम्रो सोच्ने शक्ति नष्ट पारिदिन्छ।

Interlinear

Choose Theme