Home Bibles हितोपदेश 31:17 · नेपाली बाइबल
हितोपदेश 31:17 · नेपाली बाइबल

तिनी अत्यन्तै परिश्रमी छिन् अनि सबै प्रकारको काम गर्नलाई सक्षम हुन्छिन्।

Cross references

उत्पत्ति 49:24

दक्षता र बहादूरी अनि बलियो धनुले गर्दा लडाँई जित्यो। याकूबको परमेश्वर गोठालाबाट साहस र शक्ति प्राप्त गर्नेछन्।

1 राजा 18:46

परमप्रभुको शक्ति एलियामाथि आएको थियो। एलियाले आफ्नो चारैतिर लुगा कसे जसले गर्दा ऊ दगुर्न सकोस्। तब एलिया राजा आहाबभन्दा अघि यीज्रेलतिर दगुरे र पुगे।

2 राजा 4:29

तब एलीशाले गेहजीलाई भने, “जान तयार होऊ। मेरो हिंड्ने लौरो तिमीसित लिएर जाऊ कसैसँग कुरा गर्न नउभिई! यदि कोही मानिससँग भेट भयो भने अभिवादन सम्म नगर्नु यदि कसैले अभिवादन गरे जवाफ नदिनु। मेरो हिंड्ने लौरो नानीको अनुहारमाथि राखिदिनु।”

अय्यूब 38:3

अय्यूब, कम्मर कस, मेरो प्रश्नको उत्तर दिनलाई तैयार बस।

यशैया 44:12

एक कारीगरले तातो आगोमा फलाम तताउनु आफ्ना हतियारहरू चलाउँदछ। त्यो धातु पिट्नलाई त्यस मानिसले मार्तोल चलाउँदछ, अनि त्यो धातुबाट मूर्ति बन्दछ। त्यस मानिसले आफ्ना शक्तिशाली पाखुराहरू चलाउँदछ। तर जब त्यो मानिस भोको हुन्छ, उसले आफ्नो शक्ति प्रयोग गर्दछ। यदि मानिसले पानी पिउँदैन भने, उसको तिर्खा मेटीदैन।

होशे 7:15

यद्यपि मैले तिनीहरूलाई शिक्षा दिएँ र तिनीहरूका पाखुरा बलियो बनाएँ, तापनि तिनीहरू मेरो विरूद्धमा युक्ति गर्दछन्।

लूका 12:35

“तयारी बस! वस्त्र लगाऊ अनि तिम्रो बत्ती उज्यालो होस्।

एफिसी 6:10

मेरो पत्रको अन्तमा म भन्छु, प्रभुमा र उहाँको महान शक्तिमा दृढ बन।

एफिसी 6:14

यसैले, कम्मरमा सत्यको पटुका कसेर, धार्मिक जीवनको छाती-कवच पहिरेर

1 पत्रुस 1:13

यसर्थ सेवाको निम्ति मनलाई तयार पार अनि आत्म-नियन्त्रण गर। तिमीहरुले अनुग्रहकोलागि आशा गर्नु पर्छ जुन तिमीहरुलाई दिइनेछ, जब येशू ख्रीष्ट आउनु हुन्छ।

Interlinear

Choose Theme