Home Bibles हितोपदेश 28:23 · नेपाली बाइबल
हितोपदेश 28:23 · नेपाली बाइबल

चिप्लो घस्ने मानिस भन्दा सुधार गर्नेको लागि हप्काउने मानिस अन्तमा लोकप्रिय हुन्छ।

Cross references

2 शमूएल 12:7

तब नातानले दाऊदलाई भने, “त्यो धनी मानिस तिमी नै हौ। परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छः ‘मैले तिमीलाई इस्राएलको राजाको रूपमा छाने। शाऊलबाट तिमीलाई बचाएँ।

1 राजा 1:23

चाकरहरूले राजालाई भने, “अगमवक्ता नातान आउनु भएको छ।” नातानले राजा अघि निहुरिएर ढोग दिए।

1 राजा 1:32

तब राजा दाऊदले भने, “पूजाहारी सादोक, अगमवक्ता नातान अनि यहोयादाका छोरा बनायाहलाई यहाँ बोलाई देऊ।” यसकारण तीन जना व्यक्तिहरू राजासँग भेट गर्न आए।

अय्यूब 32:21

मैले अय्यूबसँग त्यस्तै व्यवहार गर्नुपर्छ जसरी म अन्य मानिसहरूलाई गदर्थें। म उसलाई राम्रो कुराहरू भन्ने कोशिश गर्ने छैन म त्यही भन्नेछु जुन मैले भन्नु पर्छ।

अय्यूब 32:22

म अन्य मानिस सरह कसैलाई निको व्यवहार गर्न सक्तिन। यदि मैले त्यसो गरें भने परमेश्वरले मलाई दण्ड दिनु हुनेछ।

भजनसंग्रह 141:5

म त्यसलाई दया सम्झने थिएँ, यदि एकजना धर्मी मानिसले मलाई पिटोस्। तपाईंका भक्तजनहरूले मलाई चेताउनी दिऊन्। तिनीहरूलाई त्यसो गर्न असल हुन्थ्यो। म ती कुराहरू स्वीकार गरौंला। तर म सधैं ती दुष्ट मानिसहरूको विरोधमानै प्रार्थना गर्नेछु।

हितोपदेश 27:5

लुकेको माया भन्दा खुल्ला आलोचना राम्रो।

हितोपदेश 29:5

जसले आफ्नो मित्र सित तेल घस्छ भने उसले आफ्नै खुट्टामा जाल फिंजाउँछ।

मत्ती 18:15

“यदि तिम्रा भाइ वा बहीनीले तिम्रो विरुद्धमा केही गल्ती गर्यो भने जब उ एकान्तमा हुन्छ तिमी उसकोमा जाऊ। अनि उसले के गल्ती गरेको छ भनेर सम्झाऊ। यदि त्यो मानिसले तिमीलाई सुन्न चाहे, भने उसलाई तिमीले आफ्नो गरायौ।

गलाती 2:11

जब पत्रुस एन्टिओकमा आए। उनले केही यस्तो काम गरे जो सरासर भूल थियो। त्यसैकारण मैले उनको आमने-सामने विरोध गरें किनभने उनी भूलमा थिए।

2 पत्रुस 3:15

स्मरण राख कि हामीहरु बँचाइएका छौ, किनभने हाम्रा प्रभु धैर्यवान हुनुहुन्छ। हाम्रा प्रिय भाइहरु पावलले तिमीहरुलाई त्यही कुरा भन्नु भयो जब उनले परमेश्वरले प्रदान गर्नु भएको ज्ञानद्वारा तिमीहरुलाई लेख्नु भयो।

Interlinear

Choose Theme