Home Bibles हितोपदेश 27:24 · नेपाली बाइबल
हितोपदेश 27:24 · नेपाली बाइबल

सम्पत्ति कसै सित पनि स्थायी भई बस्दैन। राजमुकुट पनि एउटा वंशको टाउकोमा बसिरहँदैन।

Cross references

1 शमूएल 13:14

अब तपाईंको शासन अझ अघि बडने छैन। परमप्रभुले यस्तो मानिस खोज्नु भएको थियो जसले उहाँको आदेश पालन गर्छ। परमप्रभुले उहाँले चाहेको जस्तो मानिस भेट्ट्याउनु भएको छ र परमप्रभुले त्यही मानिसलाई आफ्ना मानिसहरूको प्रमुख बनाउँनु हुनेछ। तपाईंले परमप्रभुको आदेश पालन गर्नु भएन यसकारण उहाँले अर्को नया राजा छान्नु हुनेछ।”

2 शमूएल 7:16

तिम्रो वंश राजकीय वंशहुनेछ तिमी त्यसमाथि निर्भर हुन सक्छौ। त्यहाँ तिम्रो राज्य तिम्रो निम्ति सदा-सर्वदा रहनेछ। तिम्रो सिंहासन (राज्य) सदा-सर्वदा खडा रहनेछ।”

भजनसंग्रह 89:36

कि त्‍यसको वंश सदाको निम्‍ति रहनेछ, र त्‍यसको सिंहासनचाहिँ सूर्यझैँ मेरो अगाडि स्‍थिर रहनेछ।

हितोपदेश 23:4

धनी बन्न चेष्टा गर्दै आफैंलाई नथकाऊ। यदि तिमी बुद्धिमानी छौ भने तिमीले यस्तो गर्न बन्द गर।

हितोपदेश 23:5

धन-सम्पत्ति हेर्दा-हेर्दा शेष भएर जान्छ। धन सम्पत्ति आफ्नो पंखेटा फैलाएर उडेर जाने चरा झैं आकाशमा जान्छ।-8-

उपदेशक 5:13

मैले यस जीवनमा धेरै दुखको कुरो घटेको देखेको छु। मानिसले भविष्यको लागि धन सञ्चय गर्छन् तर त्यसले नोक्सानी पुर्याउँछ।

यशैया 9:7

उहाँको राज्यमा शक्ति र शान्ति रहनेछ। दाऊद परिवारको यस राजा सदा अभिवृद्धि भइरहनेछ। यस राजाले सदा-सदाकोलागि धार्मिकता अनि न्यायका साथ देश शासन गर्नु हुनेछ। सेनाहरूका परमप्रभुसित आफ्ना मानिसहरूप्रति उत्कट प्रेम छ। यस उत्तेजित जोशले गर्दा यो सबै उहाँद्वारा गरिनेछ।

सपन्याह 1:18

जब परमप्रभुले उहाँको रिस धेरै देखाउनुहुनेछ तिनीहरूको सुन र चाँदीले तिनीहरूलाई सहायता गर्ने योग्य हुने छैनन्। त्यस समय परमप्रभु एकदमै क्रोधित हुनुहुनेछ। परमप्रभुले उहाँको रिसको आगोद्वारा सारा संसारलाई जलाई दिनुहुनेछ। परमप्रभुले पृथ्वीका सम्पूर्ण चीज-बीज नष्ट गरिदिनु हुनेछ।”

1 तिमोथी 6:17

यो आदेश तिनीहरूलाई देऊ जो यो पृथ्वीका चीजहरूद्वारा धनी भएकाछन्। तिनीहरूलाई घमण्डी नहुनु भन। तिनीहरूलाई आफ्नो आशालाई सम्पत्तिमाथि नराख्नु भन, किनभने सम्पत्ति अनिश्चित बस्दछ। त्यसको साटो तिनीहरूले आफ्नो आशा परमेश्वरमाथि राख्नु पर्छ जसले हामीलाई हरेक कुरो पर्याप्त प्रदान गर्नु हुन्छ।

याकूब 1:10

यदि विश्वासी धनी भए उ र्गवित हुनुपर्छ किनभने उ गरीब छ। धनी मानिस जङ्गली फूल सरी मर्नेछ।

Interlinear

Choose Theme