Home Bibles हितोपदेश 26:7 · नेपाली बाइबल
हितोपदेश 26:7 · नेपाली बाइबल

मूर्खको मुखमा एउटा हितोपदेश हुनु लङ्गडो मानिसका झुण्डिएका लुला गोडा जस्तै हो।

Cross references

भजनसंग्रह 50:16

परमेश्वरले दुष्ट मानिसहरूलाई भन्नुहुन्छ, “तिमीहरूले मेरो नियमहरूको बारेमा कुरा गर्छौ। तिमीहरूले मेरो करारको बारेमा कुरा गर्यौ।

भजनसंग्रह 64:8

दुष्ट मानिसहरूले उरूलाई नराम्रो काम गर्ने योजनाहरू तयार पार्दछन्। तर परमेश्वरले तिनीहरूको योजनाहरू नष्ट पारी दिन सक्नुहुन्छ, अनि त्यस्ता नराम्रा कार्यहरू उनीहरूमाथि नै घट्दछ। तब सबैले तिनीहरूलाई देखी छक्क परेर आफ्ना टाउकाहरू हालाउने छन्।

हितोपदेश 17:7

मूर्ख मानिसले धेरै बोल्नु असल हुदैन, त्यसरी नै शासकलाई झूटो बोल्नु सुहाउँदैन।

हितोपदेश 26:9

मूर्खले केही हितोपदेश कुरा गर्न चाहानु, मातेर चुर भएको मानिसले हातमा बिजेको काँडा निकाल्नु खोज्नु जस्तै हो।

मत्ती 7:4

अथवा कसरी तिमीले तिम्रो भाइलाई भन्नसक्छौ, ‘मलाई तिम्रो आँखाबाट कसिङ्गर निकाल्नदेऊ,’ जब तिम्रो आफ्नै आँखामा त्यो काठको ठूलो चोइटो रहेकोछ?

लूका 4:23

येशूले तिनीहरूलाई भन्नु भयो, “म जान्दछु कि तिमीहरूले मलाई यो उखान भन्नेछौ, ए वैध! आफैंलाई निको पार।’ तिमीले आफ्नै शहरमा पनि त्यही गर।”‘

Interlinear

Choose Theme